Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बलिउड : कहाँ छिन् वैजयन्ती माला ?

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १२, २०८०
In प्रसिद्ध व्यक्तित्व
0

मुम्बई : बलिउडकी दिग्गज अभिनेत्री वैजयन्ती माला बाली ती १ सय ३२ व्यक्तिमा पर्छिन्, जो पद्म पुरस्कार २०२४ बाट सम्मानितको सूचीमा छिन् । यो पुरस्कार प्राप्त गर्ने सूचीमा वैजयन्तीका नाम परेपछि अहिले सबैको चासो वैजयन्ती कहाँ छिन ? भन्नेमा छ ।

वैजयन्तीले आफ्नो अभिनयको सुरुवात सन् १९४९ मा रिलिज तमिल फिल्म ‘वाजकई’बाट गरेकी थिइन् ।त्यो समय उनको उमेर केवल १६ वर्षको मात्र थियो । त्यसपछि उनले सन् १९५१ मा ‘बहार’ फिल्मबाट हिन्दी फिल्ममा पाइला चालिन् । हिन्दी फिल्ममा उनको आगमनपछि वैजयन्तीले कहिल्यै पछाडि फर्केर हेरिनन् ।

उनले आफ्नो करियरमा एकसे एक हिट फिल्म दिइन् । यतिमात्र होइन, उनले आफ्नो अभिनयबाट हिन्दी फिल्मलाई एक नयाँ उचाई नै दिइन् । उनको अन्तिम फिल्म सन् १९७० मा रिलिज ‘गँवार’ थियो ।वैजयन्ती अभिनेत्रीमात्र थिइनन्, उनी प्रतिभाशाली नर्तकी पनि थिइन् । ‘मन डोले मेरा मन डोले’, ‘मैं का करुँ राम मुझे बुढ्ढा मिल गया’, ‘होठों पे ऐसी बात’ र ‘उडे जब जब जुल्फें तेरी’ जस्ता कैयौं गीतमा उनले शानदार नृत्य गरेकी थिइन् ।

वैजयन्तीले फिल्म क्षेत्र छोडेको ५० वर्ष बढी भइसकेको छ । फिल्म ‘गँवार’ पछि फिल्मबाट टाढिँदा उनको उमेर केवल ३७ वर्षको मात्र थियो । दुई दशकको फिल्मी करियर उनका सही सफल साबित भयो । उनको भूमिकालाई अहिले पनि दर्शकले उत्तिकै सम्झन्छन् ।वैजयन्तीले राजनीतिलाई पनि करियर बनाएकी थिइन् ।

उनले तमिलनाडु बाट चुनाव लडेर लोकसभा सदस्य बनेकी थिइन् ।उनी सन् १९९३ मा राज्यसभाका लागि निर्वाचित भइन् । उनले सन् १९९९ मा काँग्रेसको सदस्यता त्यागिन् । त्यसपछि भारतीय जनता पार्टीको सदस्यता लिएकी थिइन् ।अहिले वैजयन्ती ९० वर्ष पुगिन् । उनी हाल चेन्नईमा परिवारका साथ बसिरहेकी छन् । उनी नयाँ पिढीलाई नृत्यको शिक्षा दिइरहेकी छन् ।

  • 24shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रसिद्ध व्यक्तित्व

महान रहस्यदर्शी गुरु ओशोका केही रोचक प्रसंग

पुस ६, २०८१
प्रसिद्ध व्यक्तित्व

नोबेल शान्ति पुरस्कार इरानी अधिकारकर्मी नर्गिसलाई

अशोज १९, २०८०

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend