१५मंसिर,काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश स्तरीय तीन वटा भ्रातृ संगठन पुन:र्गठन भएका छन् ।सुनसरीको गंगा जमुना होटलको सभा हलमा शुक्रबार आयोजित प्रदेश स्तरीय कार्यक्रम बाट समाजवादी महिला संघ नेपाल, समाजवादी युवा संघ नेपाल र समाजवादी विद्यार्थी संघ नेपालको कोशी प्रदेश समिति पुन:र्गठन गरिएको हो ।
सो कार्यक्रम बाट समाजवादी महिला संघको कोशी प्रदेश समिति अध्यक्षमा ओममाया आङदेम्बे लाई चयन गरिएको छ । त्यसै गरी समाजवादी युवा संघको अध्यक्षमा दिनेश राई र समाजवादी विद्यार्थी संघको प्रदेश समिति अध्यक्ष सागर सरगम चेम्जोङ चयन भएका छन् ।
जनता सँग जसपा नेपाल आधारभूत संगठन निर्माणको चार महिने अभियान अन्तर्गत संगठन पुन:र्गठन कार्यक्रममा पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ, सचिव राजकुमार राई, केन्द्रीय कार्यकारिणी सदस्य जयराम यादवा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।




















आफ्नो प्रतिकृया दिनुहोस्