Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

राजनीतिका नयाँ अनुहार लोकतन्त्र रुपी बगैंचामा फूलेका सुन्दर फूल हुन् : (प्रचण्ड)

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर १५, २०८१
In समाचार
0

१५, मंसिर,काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुराना दलहरु रुपान्तरण हुनु पर्ने बताएका छन् ।शनिबार सामाजिक संजालमा आफ्नो भनाइ राख्दै अध्यक्ष प्रचण्डले नयाँ दल र व्यक्तिहरु माथि राज्यले डण्डा हान्नु नहुने धारणा राखे ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरु राजनीतिक मञ्चमा उदाइ रहेका छन्। जनताको अभिमत लिएर आएका नयाँ अनुहार लाई मैले लोकतन्त्र रुपी बगैंचामा फूलेका सुन्दर फूल भन्दै आएको छु,’अध्यक्ष प्रचण्डले भनेका छन्,‘लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहार लाई सरापेर हैन, आफ्ना कमजोरी लाई स्वीकार गरेर मात्र पुरानाहरुले आफू लाई रुपान्तरण गर्न संभव छ।’

अध्यक्ष प्रचण्डले बगैंचामा फक्रि रहेका कोपिला लाई निमोठेर हैन, फूल्न दिएर मात्रै त्यसको सही पहिचान हुने पनि औंल्याएका छन् । त्यस्तै उनले अगाडि भनेका छन्,‘ सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हैन। यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढी करण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।’

अध्यक्ष प्रचण्डको भनाइ जस्ताको त्यस्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरु राजनीतिक मञ्चमा उदाइ रहेका छन्। जनताको अभिमत लिएर आएका नयाँ अनुहार लाई मैले लोकतन्त्र रुपी बगैंचामा फूलेका सुन्दर फूल भन्दै आएको छु।

लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहार लाई सरापेर हैन, आफ्ना कमजोरी लाई स्वीकार गरेर मात्र पुरानाहरुले आफू लाई रुपान्तरण गर्न संभव छ।

बगैंचामा फक्रि रहेका कोपिला लाई निमोठेर हैन, फूल्न दिएर मात्रै त्यसको सही पहिचान हुन्छ । सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हैन। यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढी करण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend