Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

महान रहस्यदर्शी गुरु ओशोका केही रोचक प्रसंग

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस ६, २०८१
In प्रसिद्ध व्यक्तित्व
0

०६ पौष,जनकपुरधाम,(स्वामी ध्यान आशिष): २०औं शताब्दीका महान रहस्यदर्शी ओशोको जन्म ११ डिसेम्बर १९३१ शुक्रबारको दिन भारतको मध्य प्रदेश राज्यको रायसेन जिल्लामा कुछवाडा भन्ने गाउँमा भएको थियो । त्यसैले ११ डिसेम्बरमा ओशोको जन्म दिवस विश्वभरका ओशो आश्रम तथा ध्यान केन्द्रहरुमा बहुत हर्षोल्लासका साथ मनाइन्छ ।

उहाँको बाल्यकालको नाम रजनीश चन्द्रमोहन जैन थियो । उहाँको बुबाको नाम बाबुलाल जैन अनि आमाको नाम सरस्वती जैन थियो । उहाँको बुबा मध्य प्रदेश राज्य, नर्सिङ्गपुर जिल्लाको गडरवाडामा सानो कपडा ब्यापारी हुनुहुन्थ्यो । उहाँको बुवा आमाका ११ सन्तान मध्ये ओशो सबैभन्दा जेठो सन्तान हुनुहुन्थ्यो । एक बहिनीको बाल्यकालमा निधन भएपछी ओशोका पाँच भाईहरु र चार बहिनी भए ।

ओशो सात बर्षको उमेर सम्म मावली हजुरबुवा र हजुरआमाको अपार मायामा हुर्कनु भएको थियो । ओशोले उहाँहरु लाई नाना र नानी भन्नु हुन्थ्यो । उहाँ सात बर्षको हुँदा उहाँको नानाको मृत्यु भयो । त्यस पछि उहाँ नानी सहित आफ्नो माता पिता संग बस्न गडरवाडा आउनु भयो । ओशो बाल्यकाल देखिनै बिद्रोही स्वभावको हुनु हुन्थ्यो । एक फिट उचाइको पुल बाट बर्षातमा उर्लिरहेका नर्मदा नदीमा हामफाली पौडी खेल्नु उहाँको लागि सामान्य खेल थियो ।


आफ्नो स्कूलको शिक्षा पूरा गरे पछि उहाँ सन् १९५१ मा उच्चशिक्षा अध्ययनको लागि जवलपुरको हितकारिणी कलेजमा भर्ना हुनु भयो । तर उहाँको बिद्रोही स्वभावको कारण उक्त कलेजमा उहाँ लाई धेरै समय पढन दिइएन । त्यसपछि उहाँ जवलपुरकै डीएन जैन कलेजमा भर्ना हुनु भयो । ओशोले आफ्नो जवलपुरको अध्ययन कालमा स्थानीय पत्रिकामा सहायक सम्पादक बनेर काम गरि आफ्नो खर्च आफैं जुटाउनु भएको थियो ।

सन् १९५५ मा डीएन जैन कलेज बाट दर्शन शास्त्रमा स्नातक तह सके पछि उहाँ दर्शन शास्त्रमा एमए अध्ययनको लागि सागर विश्व विद्यालयमा भर्ना हुनु भयो । उहाँले सन् १९५७ मा जवलपुरको सागर विश्व विद्यालयमा बाट स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरि स्वर्ण पदक प्राप्त गर्नु भयो ।

त्यस पछि उहाँले छत्तिसगढ राज्यको रायपुरमा रहेको ढुडीधारी संस्कृत कलेजमा लेक्चररको रुपमा पढाउन सुरु गर्नु भयो । सन् १९५८ मा उहाँले जवलपुरको जवलपुर विश्व विद्यालयमामा प्राध्यापकको रुपमा अध्यापन गर्न थाल्नु भयो ।


ओशोको पूर्व-जन्मको संस्कार तथा यस जन्मको गहन साधनाले २१ बर्षको उमेरमा २१ मार्च, १९५३ मा जवलपुरको भंवरताल पार्कमा रहेको मौलश्री रुखको फेदमा उहाँको बुद्धत्व घटित भएको थियो । सन् १९५७ पछी उहाँले विश्वविद्यालयमामा अध्यापनको साथ-साथै भारत भर घुमि-घुमी प्रवचनहरु पनि दिन थाल्नु भयो ।

उहाँ भारतमा आचार्य रजनीशको रुपमा प्रख्यात हुनु हुन्थ्यो । उहाँले नौ बर्ष अध्यापन गरे पछि सन् १९६६ मा जवलपुर विश्व विद्यालयमा बाट प्राध्यापक पदबाट राजीनामा दिई आफ्नो पूरा समय भारत भरी घुमु-घुमी प्रवचन दिने र ध्यान शिविरहरु संचालन गरि मानव चेतनाको जागरणको लागि समर्पित गर्नु भयो । उहाँ सन् १९७० मा जवलपुर बाट मुम्बईको उडल्याण्ड अपार्टमेन्टमा सर्नु भयो ।


उहाँले १९७० को अप्रिलमा २१औं शताब्दीको मनुष्यको लागि एक प्रभावशाली र क्रान्तिकारी ध्यान विधि सक्रिय ध्यान आविष्कार गर्नु भयो । यस धर्तीमा पहिलो पटक सक्रिय ध्यानको आविष्कार भयो । उहाँले २६ सेप्टेम्बर, १९७० मा भारतको मनालिमा भएको ध्यान शिविरमा ‘कृष्ण मेरे दृस्टी मे’ भन्ने प्रवचनको दौरान दश जना साधक साधिका लाई दिक्षा दिइ विश्व अध्यात्मिक आकाशमा नव सन्यासको सुरुवात गर्नुभयो । सन १९७१ ताका उहाँ लाई भगवान रजनीश भन्न थालियो ।


यस धर्तीमा ११ डिसेम्बर १९३१ मा ओशो मात्र जन्मिनु भएन । यस धर्तीमा नयाँ अध्यात्मिक अभियान जन्मियो । त्यस पछि यो जगतमा नबिन अध्यात्मिक जागरण जन्मियो । यो धर्तीमा नव सन्यास जन्मियो । यस संसारमा ७५० भन्दा बढी अध्यात्मिक साहित्यहरु सृजन भए । उहाँको जीवनकालमा यस धर्तीमा हजारौ प्रवचन शृंखलाहरु जन्मिए जस मध्ये १० हजार भन्दा बढी रेकर्ड भइ मनुष्यताले मार्गदर्शन प्राप्त गरिरहेको छ ।

२१औं शताब्दी अनुकुल नया ध्यान बिधिहरु सृजन भए । यस धर्तीमा पहिलो पटक अध्यात्म र विज्ञानको मिलनको दर्शन ओशो संगै प्रादुर्भाव भयो ।उहाँको क्रान्तिकारी अध्यात्मिक दर्शन बाट प्रभावित भई उहाँको जीवनकालमै दश लाख भन्दा बढी सन्यासी भए अनि लाखौं मान्छेहरुले उहाँको बिचारलाई अंगाले ।

उहाँको नयाँ मनुष्यको परिकल्पना ‘जोरबा दि बुद्ध’ को दर्शन अहिलेको बिज्ञान र प्रविधिको आधुनिक युगमा बहुत सान्दर्भिक छ। ओशोको जन्म र जीवन सँग सम्बन्धित अनेकौ रहस्यमय घटनाहरु छन । मैंले यहाँ ओशोको जन्म संग सम्बन्धित केहि रहस्यहरु उजागर गर्न खोज्दैछु ।


१६ औं शताब्दीमा फ्रान्समा एक प्रशिद्ध भविश्यवेदा पैदा भएका थिए । उनको नाम नास्त्रेदमस थियो । उनले गरेका सारा भबिष्यबाणी सहि सिद्ध भएका छन् । उनले त्यस बेला प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धको किटान गरेका थिए । हिटलर र नेपोलियन बोनापार्ट जस्ता शासकहरुको उदय र बिलयका बारेमा आफ्नो पुस्तकमा लेखेर गएका थिए । उनले अब्राहम लिंकनको हत्याको बारेमा समेत भबिश्यबाणी गरेका थिए ।

ति महान भबिश्यबेत्ताले २०औं शताब्दीमा एक महान धर्मको उदय हुने कुरा उल्लेख गरेका थिए । त्यस धर्मले नै तेस्रो विश्वयुद्ध बाट संसारलाई जोगाउने कुरा गरेका थिए । उनले भनेका थिए । त्यो धर्म पूर्व बाट सुरु भइ सारा संसार भर फैलने छ । त्यस धर्मको प्रणेताको नाम चन्द्रमा संग सम्बन्धित हुनेछ । त्यस धर्मको प्रतिक चरा हुने छ अनि त्यस धर्मका अनुयायीहरुले लगाउने पहिरन रातो हुनेछ र त्यस धर्मका गुरुलाई सारा संसारले दुत्कार गर्नेछ ईत्यादी भबिष्यबाणी गरेका थिए ।

यी लक्षणहरु महान गुरु ओशो रजनिशमा करिब करिब ठ्याक्कै मिल्न आउछ । यस कुरालाई डा. योगी बिकाशानन्दले समेत एक प्रवचनको क्रममा उजागर गरेका छन् ।
ओशोको नानाले बनारसको एक ज्योतिष सँग उहाँको जन्म कुण्डली बनाउनु भएको थियो । उनले भनेका थिए–यस बालकको २१ बर्ष सम्म प्रत्येक सातौ बर्षमा मृत्युको योग छ । ओशोको नाना-नानी सँग अगाध प्रेम थियो ।

ओशो सात बर्षको हुँदा उहाँको ननाको मृत्यु भयो । ओशोले आफ्नो नानको मृत्यु लाई यति नजिकबाट देख्नु भयो कि उहाँलाई आफ्नै मृत्यु जस्तै महशुस भयो । जब ओशो १४ बर्षको हुनु भयो उहाँलाई थाहा थियो ज्योतिषले जन्म कुण्डलीमा मृत्यु हुन सक्छ भनेका छन् । यसलाई ध्यानमा राखी ओशो आफ्नो गाउँ नजिकै रहेको शक्खर नदी नजिकै एउटा शिब मन्दिरमा जानु भयो र त्यहा सात दिन सम्म बहुत होशपूर्ण रुपमा सुतेर बसी मृत्युको प्रतिक्षा गर्नुभयो ।

सातौं दिन त्यहाँ एउटा सर्प आयो तब उहाँ लाई लाग्यो कि यहि उहाँको मृत्यु हो । तर उक्त सर्पले उहालाई केही नगरी गयो । यस घटनाले ओशो लाई मृत्युको साक्षात्कार गरायो ।
ओशो जन्मेको तीन दिन सम्म रुनु पनि भएन र आमाको दुध पनि खानु भएन । ओशोको परिवार यसले गर्दा चिन्तित बन्यो । तीन दिन पछाडि उहाँ रुन पनि थाल्नु भयो अनि आमाको दुध पनि खान थाल्नु भयो ।

त्यसबेला भारतमा पहिलो बच्चा माइतमा जन्माउने प्रचलन थियो । ओशो गर्भमा हुँदा उहाँका मामाले उहाँका आमा लाई लिएर ओशोको मामाघर जाँदै हुनु हुन्थ्यो । बाटोमा एउटा ठुलो नदी पर्दथ्यो र उक्त नदीमा डुंगाबाट पार गर्नु पर्दथ्यो । त्यहाँ मामा र भान्जा सँगै डुंगामा यात्रा गर्दा डुंगा डुब्न सक्छ भन्ने प्रचलन भएको हुँदा त्यस डुंगाको नाबिकले भन्यो यि गर्भवती महिला र तपाइँ संगै डुंगामा यात्रा गर्न हुँदैन । कि मामा मात्र यात्रा गर्नु होस अथवा ओशोकी आमा मात्र । रात परिसकेको थियो । त्यो डुंगा अन्तिम डुंगा थियो ।


त्यस पछि उहाँहरु नदी किनार नजिकै रहेको एक आश्रमका गुरु जसलाई साइबाबा भनिन्थ्यो त्यहाँ जानु भयो र सहयोग माग्नु भयो । ति गुरुले नबिक लाई बोलाएर भन्नु भयो यि महिलाको गर्भमा महान आत्मा छ र यसले हजारौं मान्छेहरु लाई तार्छ । तिमी ढुक्क सँग डुंगा चलाउ तिम्रो डुंगा डुब्दैन । त्यस पछि नबिकले उहाँहरु लाई डुंगामा राखी नदी पार गरायो । यो कुरा ओशो स्वयंले आफ्नो पुस्तक ‘दि ग्लिम्सेस अफ गोल्डेन चाइल्ड हुड’ मा भनेका छन् ।


यस धर्तीमा मानव जातिको इतिहासमा ओशो रजनीश जस्ता बहुआयामिक व्यक्तिको कहिल्यै जन्म भएको पाइदैन । उहाँमा जति अभिब्यन्जनाको विविधता, कार्यकुशलताको विचित्रता र जिवनशैलीको स्वतन्त्रता कसैमा पलाएको पाइदैन । यो धर्तीमा उनी पहिलो व्यक्ति हुन जसमा विविध धर्म, बिज्ञान, मनोविज्ञान, कला, साहित्य, संस्कृति तथा सम्पूर्ण मानविय विधाहरु सम्मिलित हुन आए ।

उनी मानव इतिहासका पहिलो व्यक्ति हुन् जसले विश्वका सम्पूर्ण धर्मका विविधता बीच एकता र एकता बीच विविधताको मार्मिक ब्याख्या गर्न सफल भए ।नेपालमा ओशो अभियानका प्रणेता स्वामी आनन्द अरुण आफ्नो पुस्तक सन्तगाथामा ओशोको सम्बन्धमा भन्नु हुन्छ । सन् १९३१ मा यस पृथ्वीमा क्रान्तिको एक अग्निपुष्प खिल्यो ।

त्यो पुष्पको राप सारा संसारमा फैलियो र त्यो फैलने क्रम निरन्तर तिब्र हुँदै गइरहेको छ । व्यक्तिमा शान्ति र समाजमा क्रान्तिको बिगुल फुक्ने ओशोले व्यक्तिको मौलिक स्वतन्त्रता, धर्मको पेवा बनेको पाखण्डको पूर्ण बिरोध, शोषणको पेवा बनेको धर्मलाई तर्क, बौद्धिकता, र विज्ञानको अग्नि परीक्षाबाट गुजारे ।

बौद्धिक, चिन्तनशील, धर्मप्रति निराश र वितृष्णाले भरिएका व्यक्तिलाई पनि धर्मको बैज्ञानिक संस्करण प्रस्तुत गर्दै धर्ममा जीवन्त आकर्षण एबम ताजगी थपिदिए । जसले गर्दा संसारभरका नव युवकहरु उनको दर्शनमा आकर्षित भए

। स्वामी आनन्द अरुण ओशोलाई यस धर्तीका अनौठा र अदितीय बुद्धपुरुष भन्नुहुन्छ । यस्ता महान यो शताब्दीका बुद्धपुरुष ओशोको जन्म दिवसमा उहाँ प्रति हार्दिक नमन । जय ओशो ! जय भगवान ! (लेखक ओशो सन्यासी हुन्)

  • 39shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रसिद्ध व्यक्तित्व

बलिउड : कहाँ छिन् वैजयन्ती माला ?

माघ १२, २०८०
प्रसिद्ध व्यक्तित्व

नोबेल शान्ति पुरस्कार इरानी अधिकारकर्मी नर्गिसलाई

अशोज १९, २०८०

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend