Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पत्रकारहरुले कलम समाए पछि धर्म छाड्नु हुँदैन् : पुर्व राष्ट्रपती यादव

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस ८, २०८१
In समाचार
0

०८ पौष,काठमाडौं: नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले पत्रकारहरुले कलम समाए पछि पत्रकारिताको धर्म निभाउनु पर्ने बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको तेस्रो पद हस्तान्तरण कार्यक्रममा उनले अहिलेको समाजमा मानव सभ्यता कम हुदैँ गएको भन्दै यस्तो बेला पनि पत्रकारहरुले आफ्नो धर्म छोड्न नहुने बताए ।


उनले भने, ‘अहिले मानव सभ्यताको उल्टो गियर लागिरहेको छ कि जस्तो लाग्छ । नैतिकताको धेरै कमी छ । राजनीतिकर्मी हरुले नैतिकता छोड्ने हो भने त्यो व्यापार हुन्छ राजनीति रहदैँन् । त्यस्तै तपाईहरुले पनि जब कलम समात्नु हुन्छ, त्यो बेला पत्रकारिताको धर्म निभाउनु पर्छ । आजको संसारमा नैतिकताको कमी भइरहेको छ, यस्तो बेला आफ्नो धर्म नछोड्नु । जहाँ भए पनि आफ्नो व्यवसायीक धर्म छोड्नु हुदैँन् त्यसपछि पत्रकार बन्न सकिन्छ ।’


यसको साथै, उनले वर्तमान समयमा पनि सरकारले पत्रकारिताको क्षेत्रलाई संकुचित गर्ने प्रयास गरिरहेको भन्दै यो लडाई पत्रकारहरुले सधैँ लड्नु पर्ने बताए । उनले भने, ‘आज खुल्ला समाजमा हामी आएका छौं ।संविधान लोकतान्त्रिक छ, गणतान्त्रिक छ, संघीयता सहित समावेसी, समानुपातिक छ । स्वतन्त्र पत्रकारिता छ तर अहिले पनि गुनासो आइरहेको छ कि सरकारले यो क्षेत्रलाई संकुचित गर्ने प्रयास गरिरहेको छ । यसमा तपाईहरु लडिरहनु पर्छ ।’


यस्तै, नेकपा माओवादी केन्द्रका उप-महासचिव जनार्दन शर्माले श्रमजीवि पत्रकारहरुको समस्यालाई सदन सम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।उनले भने, ‘यहाँ नेता हुन पनि सहज छैन । किसान हुन पनि सहज छैन । वकिल हुन पनि सहज छैन । पत्रकार हुन पनि सहज छैन । इमान्दारिता, संकल्प, लगनको कुरा हो यसले सबै काम सहज बनाउँछ । सत्य लाई झुटले छोप्न सक्छ तर मेटाउन सक्दैँन् । अहिले श्रमजीवि पत्रकारहरुको अवस्था गारो छ । यी समस्याहरु लाई संस्थागत रुपले पत्रकार महासंघले यसलाई आफ्नो समस्या बनाउने छ र हाम्रो पनि यसलाई सदन सम्म पुर्याउने कुरामा भूमिका रहनु पर्छ र त्यसमा प्रतिबद्धता पनि व्यक्त गर्न चहान्छु ।’


सोही कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व-मन्त्री डा.मिनेन्द्र रिजालले हामीले जनतामा भएको निराशा चिर्दै आशा जगाउनु पर्ने भन्दै यो काम नभए सम्म लोकतन्त्रलाई बलियो बनाउने काम हुन नसक्ने बताएका छन् ।

  • 39shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend