२२ जेठ,रौतहट : पूर्व-प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पतन्जलि प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरे पछि प्रतिक्रिया दिँदै उनले यो प्रतिशोधपूर्ण भएको बताए ।
पूर्व-प्रधानमन्त्री नेपाल गृह जिल्ला रौतहट क्षेत्र नं–१ मा बिहीबार जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले सो कुरा बताएका हुन ।आफू विरुद्ध सुरु देखि नै षड्यन्त्र भएको र राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको उनले आरोप लगाए । पतन्जली जस्तो संस्थामा त्यस्तो होला भन्ने आफूले कल्पना पनि नगरेको उनले बताए ।
यद्यपि, आफूले जग्गा उपलब्ध गराएको र जग्गा खरिद प्रकरणमा आफ्नो कुनै हात नरहेको र त्यसमा तल माथि भएको भए त्यसको जिम्मेवार कर्मचारी भएको नेता नेपालले जिकिर गरे । अब आफू कानुन व्यवसायी सँग परामर्श गरेर कानुनी प्रक्रियाको सामना गर्न तयार बताए ।
उनका स्वकिय सचिव लक्ष्मण रेग्मीका अनुसार गौरमा रहेका अध्यक्ष नेपाल हुलाकी राजमार्ग हुँदै सिमरा गएका हुन् । अहिले ४:३० बजेको प्लेन बाट उनी काठमाडौँ उड्ने तयारी रहेको उनले बताए ।




















आफ्नो प्रतिकृया दिनुहोस्