१ साउन,काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिले नेपाल–बेलायत सम्बन्धमा विविध संस्थाहरूको भूमिका उल्लेखनीय रहेको बताएका छन्।
नेपाल–बेलायत संसदीय मैत्री समूहको बिहीबार सम्पन्न बैठकमा बोल्दै नेता निधिले यस्ता संस्थाहरूले दुई देश बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका हुन्।
उनले भने, “उत्तर विधायिकी परीक्षण मिस्टर फाउन्डेसन जस्ता संस्थाहरूले नेपालको लोकतन्त्र र समग्र फाइदाका लागि उपयोगी जानकारी प्रदान गर्दै आएका छन्। यस्ता संस्थाहरूको क्रियाकलापले नेपाल–बेलायत मैत्री सम्बन्ध सुदृढ बनाउन मद्दत पुर्याएको छ।”

नेता निधिले संसदीय मैत्री समूहलाई अझ सक्रिय बनाउनुपर्ने आवश्यकता माथि जोड दिँदै औपचारिक तथा अनौपचारिक गतिविधिहरूलाई प्राथमिकता दिन आग्रह गरे। “चेम्बर र डब्लुएफडिका पदाधिकारीहरूसँग समन्वय गर्दै अनौपचारिक कार्यक्रमहरू आयोजना गर्दा सम्बन्ध अझै मजबुत बन्न सक्छ,” उनले बताए।
कार्यक्रममा उद्यमी राजेन्द्र खेतानले बेलायती लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको उल्लेख गर्दै केहीले वित्तीय क्षेत्रमा पहिले नै लगानी गरिसकेको जानकारी दिए।बैठकमा सांसद विराजभक्त श्रेष्ठ, सुहाङ नेम्बाङ लगायतले पनि नेपाल–बेलायत सम्बन्ध तथा सम्भावित सहकार्य बारे आफ्नो धारणा व्यक्त गरेका थिए।




















आफ्नो प्रतिकृया दिनुहोस्