Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

फोर्स मोटर्सको आधिकारिक बिक्रेताबाट अन्याय र धोकाधडी भएको आरोप

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २३, २०८२
In पत्रकार सम्मेलन/ प्रेस विज्ञप्ति
0

२३ साउन,काठमाडौं । दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिले नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.बाट आफुहरु माथि चरम अन्याय र धोकाधडी भएको आरोप लगाएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रा.लि.ले फोर्स गाडी खरिदबाट यातायात व्यवसायीहरू पीडित बनेको भन्दै आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले पारेको मर्का र क्षतिपूर्ति माग समेत गरेको छ ।


विज्ञप्तिमा भनिएको छ,‘आज हामी अत्यन्तै दु:ख र पीडाका साथ, नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.बाट हामीमाथि भएको चरम अन्याय, धोकाधडी र त्यसले हाम्रो व्यावसायिक एवं व्यक्तिगत जीवनमा असर पारेको छ ।’


संस्थाका महासचिव देवान राईको अनुसार वि.सं. २०७२ साल तत्कालीन संघका अध्यक्ष महेश तामाङले आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.बाट फोर्स कम्पनीको ९ सिट क्षमताको ‘गामा’ जिप खरिद गरेका थिए ।२०७३ सालमा कम्पनीका तत्कालीन बजार व्यवस्थापक सन्तोष नेपालसँग भएको छलफल र उनले दिएको आश्वासन पछि प्रा.लि.ले आफ्नो संस्थामा फोर्स कम्पनीका गाडीहरू भित्र्याउने सहमति गरेको थियो ।


कम्पनीले गाडीको प्रदर्शन, विशेषगरी कच्ची सडकमा यसको मजबुती र विश्वसनीयताको बारेमा ठूला–ठूला दाबीहरू प्रस्तुत गरेको थियो । सोही विश्वासमा परेर संस्थामा आबद्ध हुने नयाँ व्यवसायीहरूले फोर्स कम्पनीकै गाडी किन्ने एक सहमति समेत गरी परीक्षणका लागि सुरुमा एउटा फोर–ह्वील गाडी खरिद गर्ने निर्णयमा भएको थियो ।


सोही निर्णय बमोजिम महासचिव राईले वि.सं. २०७३ साल जेठ ११ गते ग १ ज ६६५८ नम्बरको १३ सिटे क्रुजर फोर–ह्वील जिप खरिद गरें ।उक्त गाडीको मूल्य रु. ४० लाख ५० हजार कायम गरी रु. ८ लाख १० हजार डाउन पेमेन्ट आयामका तत्कालीन प्रबन्ध निर्देशक राजन लम्साललाई बुझाइयो र बाँकी रकम सिद्धार्थ बैंक, महाराजगञ्ज शाखाबाट ऋण लिएर गाडी सञ्चालनमा ल्याइएको थियो ।


फोर्स गाडी किन्न आकर्षित गर्न कम्पनीले गाडीमा जर्मनीको विश्व प्रसिद्ध ’मर्सिडिज बेन्ज’ को इन्जिन छ । इन्जिन, गियरबक्स र क्राउनमा ३ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी छ भनिएकोमा व्यवहारमा यी सबै दाबीहरू केवल फसाउने जाल मात्र साबित भएको उनी बताउँछन् ।


इन्जिन सिज: फोर–ह्वील गाडी किनेको एक महिनामै गुड्दा गुड्दै इन्जिन सिज हुने, टायर फुत्किने : गाडी गुडिरहेकै अवस्थामा पटक–पटक टायर फुत्किएको जस्ता प्राविधिक समस्या देखिएको उनको भनाई छ ।
हलेसी स्थित कदुवा भन्ने ठाउँमा म देवान राईको गाडी टायर फुस्किदा गाडी भित्ता ठोकिन पुग्यो, १३ यात्रु घाइते भएको उनले जानकारी दिए ।
यस्तो छन् मागहरु
१.कम्पनीको ग्यारेजमा थन्किएर बसेको (देवान राई) सहित अन्य व्यवसायीहरुको गाडीको सम्पूर्ण हरहिसाब गरी आज सम्मको बैंकको साँवा–ब्याज सहित पूर्ण क्षतिपूर्ति तत्काल उपलब्ध गराउने ।
२.फोर्स कम्पनीका गाडीहरू खरिद गरी पीडित बनेका अन्य सम्पूर्ण व्यवसायीहरूको पहिचान गरी उनीहरूले भोगेको आर्थिक तथा मानसिक क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति प्रदान गरियोस् ।
३. कम्पनीले आफ्ना कमसल गाडीहरूमा देखिएको प्राविधिक त्रुटि सार्वजनिक रूपमा स्वीकार गरी बजारमा रहेका अन्य गाडीहरूको उचित व्यवस्थापन गरोस् ।
४. राज्यका सम्बन्धित निकायहरू (यातायात व्यवस्था विभाग, वाणिज्य विभाग, उपभोक्ता हित संरक्षण मञ्च) ले यस विषयमा गम्भीर छानबिन गरी दोषी कम्पनीलाई कारबाहीको दायरामा ल्याओस् ।

  • 78shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

पत्रकार सम्मेलन/ प्रेस विज्ञप्ति

सुदन गुरुङको प्रेस मिटमा हंगामा: रिपोर्टरहरूसँग घेराबन्दी र शब्दयुद्ध

भदौ २९, २०८२
पत्रकार सम्मेलन/ प्रेस विज्ञप्ति

जेनजीहरु भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’ हरु घुसेर आगो लगाए

भदौ २६, २०८२
पत्रकार सम्मेलन/ प्रेस विज्ञप्ति

‘रवि लामिछाने लाई बन्दीगृहमा आवश्यक सुविधा सहित अलग्गै कोठामा राखिएको छ’

साउन २९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend