१६ भदौ,जनकपुर : नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यले आज सम्मकै उच्च रेकर्ड कायम गरेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै चाँदीको मूल्यमा पनि आज नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
















आफ्नो प्रतिकृया दिनुहोस्