२६ भदौ,काठमाडौं। आज जेनजी समूह र नेपाली सेना बिच वार्ता हुने भएको छ । बुधबार साँझ जंगी अड्डामै जेनजी बिच विवाद भएपछि हिजो भनिएको वार्ता आज हुन लागेको हो ।हालसम्म जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको छैन ।
विवाद हुँदा नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो ।जेनजीहरुले पूर्व-प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेका छन् भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई समर्थन गरेको बताएका छन् ।
यस्तै, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ बुधबार साँझ काठमाडौं आएका छन् । हिजो साँझ प्रधान सेनापति अशोकराज सिग्लेल सँग भावी सरकार गठनको विषयमा छलफल गर्न भन्दै साम्पाङ सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए ।




















आफ्नो प्रतिकृया दिनुहोस्