२६ भदौ,काठमाडौं । जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार निषेधाज्ञा र कर्फ्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाउने भएको छ ।बुधबार एक विज्ञप्ति जारी गर्दै निर्देशनालयले काठमाडौं उपत्यकाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यकता अनुसार आवत-जावतमा छुट दिन लागिएको बताएको छ ।
विज्ञप्तिमा काठमाडौं, ललितपुर र भक्तपुरमा नागरिकको सुरक्षा सुनिश्चित गर्न जारी आदेशलाई निरन्तरता दिँदै आंशिक रूपमा खुकुलो बनाउने उल्लेख गरिएको छ ।आज बिहान ६ बजेदेखि १० बजे सम्म र बेलुकी ५ बजेदेखि ७ बजे सम्म मात्र अत्यावश्यक कार्यका लागि आवत-जावत गर्न पाइनेछ । तर, बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म निषेधाज्ञा यथावत रहने विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, भदौ २६ गते बेलुकी ७ बजे देखि भदौ २७ गते बिहान ५ बजेसम्म उपत्यका भर कर्फ्यु आदेश लागू हुने सेनाले जानकारी दिएको छ ।नागरिकको जनधनको सुरक्षा प्रमुख प्राथमिकता भएकाले कर्फ्यु आदेश र निषेधाज्ञा पालना गर्न सेनाले सबैलाई आग्रह समेत गरेको छ ।





















आफ्नो प्रतिकृया दिनुहोस्