२६ भदौ,रामेछाप। रामेछाप स्थित रामेछाप कारागारमा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।बिहीबार बिहान कारागारबाट कैदीबन्दिहरु भाग्न प्रयास गरेपछि स्थिती नियन्त्रण लिन गोली प्रहार गरिएको हो ।
कारागार तनावग्रस्त भए पछि फायरिङको क्रममा २ जना कैदीको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको छ ।हाल कारागारमा ३३४ जना कैदीबन्दिहरु छन् । कारागारलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्