Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जेनजीहरु भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’ हरु घुसेर आगो लगाए

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २६, २०८२
In पत्रकार सम्मेलन/ प्रेस विज्ञप्ति
0

२६ भदौ,काठमाडौं। जेनजीहरुको आन्दोलन पछि अबको निकास बारे छलफल हुन थालेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसके पछि सरकार विहीनताको अवस्था सिर्जना भएको छ । अन्तरिम सरकार गठनका लागि जेन–जी प्रतिनिधिहरुले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम अगाडि सारेको छ ।

जेनजी प्रतिनिधि अनिल बानियाँले जेनजीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेको बताए । उनले सिंहदरबार, न्यायलय लगातका संरचना षड्यन्त्र रचेर जलाइएको उनको आरोप छ ।

उनले भने, ‘देशमा गणतन्त्र आए देखि हामीलाई नेताहरुले लुटेका छन् । यिनीहरुले हाम्रो रोजीरोटी पनि खोसेका छन् । हुम्ला, जुम्ला र मुगुमा अहिले पनि सिटामोलको अभाव छ । देशमा बुढा-खाडाबाट वाक्क दिक्क भएर देश खोक्रो हुने अवस्थामा पुगि सकेको छ । हामीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेका थियौं । केही झोले कार्यकर्ताहरु आएर देशको संरचना माथि आगो लगाएका छन् ।’

यसै गरी जेनजी प्रतिनिधि दिवाकर ढंगालले नेपाली जनताको सार्वभौमसत्ता, राष्ट्रिय एकता, स्वाभीमान सहित सम्पूर्ण नेपालको हक हितको रक्षा, आर्थिक उन्नति र समृद्धिका लागि सबै नेपाली एकजुट भएर यस विषय परिस्थितिको सामना गर्नु पर्ने बताए ।

त्यसै गरी, जुनाल गदालले अब यति बेला जेनजी संयमित हुन जरुरी रहेको बताए । ‘जसरी हिजो हामीले तोडफोड गर्यौं । आक्रोशमा थियौं । अब हामी संयमित हुन जरुरी छ । आज देशमा जेन–जी युवाहरु एक भएनौं भने पुराना दलहरुलाई फाइदा हुने स्थिति छ,’ उनले भने ।

ओजस्वीराज थापाले Gen-z ले अहिले लिडरसीप लिन नसक्ने र लिन पनि नहुने बताए ।Gen-z अभियन्ता पुरुषोतम यादवले आफूहरुको मुख्य मुद्दा संसद् विघटन र पूर्ण समर्थन पूर्व प्रधानन्यायाधीश कार्की माथि रहेको बताए ।

हामी नेपालका अध्यक्ष समेत रहेको सुदन गुरुङले जेनजीको एक एक थोपा रगतको बदला लिने बताए । उनले कसैलाई नछाड्ने चेतावनी दिए ।उनले जेनजी आन्दोलनलाई समर्थन गर्न सबैलाई आग्रह गरे । आफूले अहिले सम्म नेपालको झण्डा बोकेर हिँडेको र कुनै पार्टीलाई पनि अहिले सम्म समर्थन नरहेको बताए ।

  • 23shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

पत्रकार सम्मेलन/ प्रेस विज्ञप्ति

सुदन गुरुङको प्रेस मिटमा हंगामा: रिपोर्टरहरूसँग घेराबन्दी र शब्दयुद्ध

भदौ २९, २०८२
पत्रकार सम्मेलन/ प्रेस विज्ञप्ति

‘रवि लामिछाने लाई बन्दीगृहमा आवश्यक सुविधा सहित अलग्गै कोठामा राखिएको छ’

साउन २९, २०८२
पत्रकार सम्मेलन/ प्रेस विज्ञप्ति

फोर्स मोटर्सको आधिकारिक बिक्रेताबाट अन्याय र धोकाधडी भएको आरोप

साउन २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend