काठमाडौं । छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ ।शनिबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूले गरेको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले कार्कीलाई बधाई दिएका हुन् । उनले चीन–नेपाल बीच परम्परागत मित्रता गहिरो र पुरानो रहेको समेत बताएका छन् ।
उनले भने ‘कार्की नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा चीनले बधाई दिन्छ । चीनले सधैँ नेपाली जनताले आफ्नै इच्छाअनुसार रोजेको विकास मार्गको सम्मान गरेको छ । चीन नेपाल सँग मिलेर शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तलाई प्रवर्धन गर्न तयार छ । विभिन्न क्षेत्रमा आदान प्रदान तथा सहयोगलाई अघि बढाउँदै, नेपालसँगको सम्बन्धलाई निरन्तर अगाडि बढाउन चीन इच्छुक छ ।’




















आफ्नो प्रतिकृया दिनुहोस्