Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

दशैंअघि नागढुंगा–सिस्नेरी सुरुङ मार्ग संचालन कति संभव ?

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ७, २०८२
In विकास निर्माण 
0

काठमाडौँ। केही दिन अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङ मार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।

मन्त्रालयमा सम्बन्धित सरोकारवाला सँगको छलफल पछि मन्त्री घिसिङले चाड पर्वलाई लक्षित गर्दै २४ सै घण्टा यात्रुलाई सडक अवस्थाका र गुनासो सुन्न एवम् त्यसको व्यवस्थापनका बारेमा जानकारी दिने, पहिरो लगायतले सडक अवरोध भएमा तुरुन्तै पुन:स्थापनाको आवश्यक व्यवस्था गर्न निर्देशन दिएका थिए ।

यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक,सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसँग छलफल पछि पहिलो नम्बरमा ‘नागढुंगा–सिस्नेरी– सुरुङ्गमार्ग सम्बन्धमा’ शिर्षकमा निर्णय नै गरेका थिए ।

‘नागढुंगा–सिस्नेरी– सुरुङ्गमार्ग सम्बन्धमा: काठमाण्डौँ उपत्यकाबाट बाहिर जाने सवारी साधनहरु मध्ये यात्रुबाहक सार्वजनिक सवारी साधनहरु सो सुरुङ्गमार्ग बाट बाहिर जाने र दशैं पछि माथि उल्लिखित सवारी साधनहरु प्रवेश गर्न गराउने व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने,’ पहिलो नम्बरको निर्णयमा यही उल्लेख थियो  । तर उक्त सुरुङ मार्ग दशैं अगाडि नै संचालन गर्न मुस्किल पर्ने देखिएको छ ।

हुनत निवर्तमान केपी ओली नेतृत्वको सरकारले उक्त मार्ग प्रयोग गर्ने अन्तिम तयारी गरेपनि केही प्राविधिक कठिनाइका कारण रोकिएको थियो ।

साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुरुङ मार्ग प्रयोगकर्ताका लागि शुल्क निर्धारण गरिसकेको थियो । साथै ओलीले उक्त सुरुङ मार्ग २०८२ कार्तिकमा सक्ने लक्ष्य रहेकोमा हाल सम्म ८५ प्रतिशत प्रगति सहित अत्यावश्यक पर्ने लाईटिङ भ्यानटिलेसनहरूको कार्य अन्तिम चरणमा रहेको जनाएका थिए ।

सुरुङ्ग मार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक सन्जय पन्थी दशैं अगाडि नै सुरुङ संचालन गर्न आवश्यक छलफल भइरहेको बताउँछन् ।  ‘सुरुङ मार्ग संचालनका लागि जापानी सहयोग नियोग जाइका साथै नेपाल सरकारका सम्बन्धित निकाय सँग छलफल गरिरहेका छौं । प्राविधिक टोलीले अध्ययन पनि गरिरहेको छ । टोलीले सहमति दिए पछि मात्र दशैं अगाडि संचालनमा ल्याउन सकिन्छ । तर हाल सम्मको प्रगतिलाई हेर्दा दशैं अगाडि नै मुस्किल पर्छ जस्तो लाग्छ,’ उनले भने ।

सुरुङका मुख्य संरचना बनिसकेका छन् भने अन्य कामहरु धमाधम भइरहेको छ । २०७६ कात्तिकमा शिलान्यास भएको सुरुङमार्ग २.६ किलोमिटरको लामो छ । २०८१ वैशाख ३ गते सुरुङ ‘ब्रेक थ्रु’ भएको मार्ग स्थानीय बासिन्दाले पटक पटक अवरोध गर्दै आइरहेका छन् ।

आयोजनाले यतिबेला कर्मचारी, विद्युत्, अक्सिजन लगायतका पूर्वाधारको व्यवस्थापन गरिरहेको छ । सुरुङ मार्ग भित्र, लाइटिङ, भेन्टिलेसन, कंक्रिट सडक निर्माणको काम अन्तिम चरणमा छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विकास निर्माण 

बाढीले ३२ जलविद्युत आयोजना प्रभावित, इलाममै १६ आयोजना बन्द

अशोज २०, २०८२
विकास निर्माण 

३५५ मेगावाटका २४ सोलार परियोजनासँग पीपीए शुरु

अशोज १२, २०८२
विकास निर्माण 

मधेशमा खानेपानी योजना शुरू, परशुराम तलाउमा डिप बोरिङ जडान

साउन ८, २०८२
विकास निर्माण 

निर्माण पुरा नहुँदै भत्कियो तामाकोशीको पुल

असार ८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend