Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन २३, २०८२
In समाचार
0

२३ फागुन,जनकपुर : प्रतिनिधि सभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले जनकपुरधाम स्थित जानकी मन्दिरमा पुगेर पूजाआजा गरेका छन्।

निर्वाचनको अन्तिम नतिजा आज बिहान करिब २ बजे सार्वजनिक भए पछि उनलाई आधिकारिक रूपमा प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस पछि उनी जानकी मन्दिर पुगेर माता जानकीको दर्शन तथा पूजापाठ गर्दै आशिर्वाद लिएका हुन्।

पूजापाठ पछि सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै रास्वपाका प्रवक्ता समेत रहेका झाले धनुषाको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताए। उनले खानेपानी, सरसफाइ, वातावरण संरक्षण, भौतिक पूर्वाधार निर्माण तथा सांस्कृतिक धरोहरहरूको संरक्षण र सूचीकृत गर्ने कार्यलाई प्राथमिकतामा राख्ने जानकारी दिए।

झाले विशेष गरी जनकपुर रेल्वे सेवा र जनकपुर विमानस्थललाई आर्थिक रूपमा लाभदायी केन्द्रका रूपमा विकास गर्न रणनीतिक योजना अघि बढाइने बताए। राजनीतिमा समय र परिस्थिति अनुसार प्राथमिकताहरू परिवर्तन हुने बताउँदै उनले चुनौतीहरू परिवर्तन सँगै विकासका प्राथमिकताहरू पनि परिमार्जन हुँदै जाने उल्लेख गरे।

रास्वपाले सार्वजनिक गरेको १०० बुँदे प्रतिबद्धता पत्र धनुषामा पनि लागू हुने बताउँदै झाले त्यसबाहेक जनकपुर र धनुषाका लागि थप आवश्यक योजनाहरू समेत अघि बढाइने बताए।

सरकार र संसद् गठन भए पछि पार्टीले आवश्यक ठाने क्याबिनेटमा सहभागी हुने वा नहुने विषयमा निर्णय गरिने उनको भनाइ थियो। योग्य र सक्षम व्यक्तिहरूको कमी नभएकाले क्षमता र दक्षताका आधारमा मन्त्री तथा मन्त्रालयको बाँडफाँट गरिने उनले बताए।

सैद्धान्तिक रूपमा रास्वपाको परिवर्तनको एजेन्डासँग सहमत भई कुनै दल वा पार्टीले गठबन्धन गर्न चाहे स्वागत गरिने तर केवल संख्यात्मक आधारमा गठबन्धन नगर्ने उनले स्पष्ट पारे।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा झाले ४३ हजार ९८८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १६ हजार ६५२ मत प्राप्त गरेका थिए भने तेस्रो स्थानमा नेकपा एमालेकी जुली महतो ९ हजार ७८६ मतसहित रहेकी थिइन्।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend