Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

फुटपाथ हटाउने अभियानमा गृहमन्त्री महतोको अग्रसरता : स्वयं सडकमा उत्रिएर नेतृत्व

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ४, २०८२
In समाचार
0

४ चैत,जनकपुर । जनकपुरधामका सडकपेटी अतिक्रमण हटाउने अभियानमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले असाधारण सक्रियता देखाएका छन्।

बुधबार बिहानै देखि स्वयं सडकमा उत्रिएका मन्त्री महतोले जनकपुरधाम उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, धनुषा प्रहरी तथा ट्राफिक प्रहरीसँग समन्वय गर्दै फुटपाथ खाली गराउने कार्यको नेतृत्व गरेका हुन्।

पर्यटकीय नगरीको स्वरूप सुधार्ने स्पष्ट लक्ष्यसहित अघि बढेका मन्त्री महतोले अभियानलाई केवल निर्देशनमा सीमित नराखी प्रत्यक्ष रूपमा कार्यान्वयनमा उत्रिनु उनको कार्यशैलीको विशेषता बनेको छ। मठ–मन्दिर क्षेत्रलाई प्राथमिकता दिँदै उनले फुटपाथमा व्यवसाय गर्दै आएकाहरूलाई वैकल्पिक स्थानमा सर्न आग्रह गरे।

“परिवर्तनका लागि नेतृत्व स्वयं अग्रसर हुनुपर्छ” भन्ने सन्देश दिँदै मन्त्री महतोले स्थानीयवासी, व्यवसायी र नागरिक समाजलाई समेत सहकार्यका लागि आह्वान गरेका छन्। पहिलो दिन नै उनले व्यवसायीहरूसँग नम्रतापूर्वक हात जोडेर सहयोग माग्दै व्यवस्थापन तर्फ ध्यान केन्द्रित गरेका थिए।

त्यसैगरी, उनले चेतावनी समेत स्पष्ट पारेका छन्—भोलिदेखि पनि सडकपेटी अतिक्रमण गरी व्यापार गरेको पाइएमा सामानसहित नियन्त्रणमा लिइनेछ।यस अभियानलाई व्यवस्थित बनाउन उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले फुटपाथ व्यवसायीहरूलाई अस्थायी रूपमा बाह्रविघा मैदानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन्।

गृहमन्त्री महतोको प्रत्यक्ष सक्रियतासँगै जनकपुरधामलाई स्वच्छ, व्यवस्थित र आकर्षक बनाउने अभियानले तीव्रता पाएको देखिएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend