Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भूटानी अधिकार समूह द्वारा प्रधानमन्त्रीलाई बधाई, शरणार्थी समस्या समाधानमा जोड

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १५, २०८२
In समाचार
0

१५ चैत,द हेग । भूटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि लामो समय देखि अभियान चलाउँदै आएको ग्लोबल क्याम्पेन फर रिलिज अफ पॉलिटिकल प्रिजनर्स इन भुटान ले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई तथा शुभकामना दिएको छ।

संस्थाले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहको नियुक्तिलाई ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गर्दै उनलाई सुशासन, पारदर्शिता र रूपान्तरणकारी नेतृत्वको प्रतीकका रूपमा लिइएको जनाएको छ।

जीसीआरपीपीबीका ग्लोबल कोअर्डिनेटर राम कार्की ले जारी गरेको वक्तव्यमा नेपालका लागि यो महत्वपूर्ण अवसर भएको बताउँदै दशकौँ देखि नेपालमा बस्दै आएका भूटानी शरणार्थीहरूको समस्या प्राथमिकताका साथ समाधान गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा नेपाली मूलका हजारौँ भूटानी शरणार्थीहरू अझै अनिश्चिततामा जीवन बिताइरहेका उल्लेख गर्दै दीगो र सम्मानजनक समाधानको प्रतीक्षामा रहेको जनाइएको छ। अन्तर्राष्ट्रिय पुनर्वास कार्यक्रमले आंशिक राहत दिए पनि उल्लेख्य संख्यामा शरणार्थीहरू अझै अधिकार, अवसर र सुरक्षाका चुनौतीसँग जुधिरहेका छन्।

संस्थाले प्रधानमन्त्री शाह नियुक्त हुनु अघि नै यस समस्याको दीगो समाधानका लागि आफ्ना प्रमुख मागहरू प्रस्तुत गरेको जनाउँदै पुन: दोहोर्याएको छ। हाल पूर्वी नेपालका शरणार्थी शिविरहरूमा रहेका करिब ६,५०० भूटानी शरणार्थीहरूका लागि स्वेच्छिक स्वदेश फिर्ती, स्थानीय समायोजन वा तेस्रो मुलुकमा पुनर्स्थापनाका स्पष्ट र पारदर्शी विकल्प सुनिश्चित गर्न माग गरिएको छ।

त्यसैगरी, भूटानसँग कूटनीतिक पहल गरी सुरक्षित र सम्मानजनक स्वदेश फिर्तीका लागि समयसीमा सहित संवाद पुनः सुरु गर्न तथा शरणार्थी प्रतिनिधित्व सहित कार्यदल गठन गर्न पनि आग्रह गरिएको छ।

स्थायी समाधान नआएसम्म नेपालमा रहेका शरणार्थीहरूको संरक्षण, कानुनी हैसियत र आधारभूत अधिकार सुनिश्चित गर्न, शरणार्थी व्यवस्थापन प्रणालीमा देखिएका अनियमितता अन्त्य गरी जवाफदेहिता कायम गर्न, तथा अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य गरी अधिकारमा आधारित दीर्घकालीन समाधान खोज्न संस्थाले जोड दिएको छ। साथै, भूटानी राजनीतिक बन्दीहरूको रिहाइका लागि कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।

विश्व अभियानले प्रधानमन्त्री शाहको नेतृत्वमा यी संवेदनशील विषयहरूले उचित प्राथमिकता पाउने विश्वास व्यक्त गर्दै नेपालले भूटानी शरणार्थी समस्याको मानवीय र स्थायी समाधानतर्फ ठोस कदम चाल्ने अपेक्षा गरेको छ। संस्थाका अनुसार हाल पनि भूटानका विभिन्न कारागारमा कम्तीमा ३० जना राजनीतिक बन्दी दशकौँ देखि थुनामा रहेका छन्।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend