६ असोज,भदौ शुक्ल एकादशी,काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन मार्फत विशेष छलफल गर्नु भएको छ। नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी तथा शोषणमुक्त बनाउने विषयमा केन्द्रित छलफलमा नेपाली श्रमिकका समस्या र रोजगारी क्षेत्रमा देखिएको सिन्डिकेट तथा बिचौलिया प्रथा बारे महत्वपूर्ण कुराकानी भएको छ।
प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रणाली आफू र आफ्नो सरकारलाई स्वीकार्य नरहेको स्पष्ट पार्नु भयो। यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्तिका कारण श्रमिकले समस्या भोग्नु पर्ने अवस्था अन्त्य गर्नु पर्ने बताउँदै उहाँले यसको स्थायी समाधानका लागि नेपाल र मलेसियाबीच संयुक्त पहल आवश्यक रहेकोमा जोड दिनु भयो।
प्रधानमन्त्री शाहको धारणालाई सकारात्मक रूपमा लिँदै मलेसियाली प्रधानमन्त्री इब्राहिमले आफू पनि सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको स्पष्ट पार्नुभयो। उहाँले यस विषयमा आफ्ना श्रममन्त्रीलाई नेपालका श्रममन्त्रीसँग तत्काल समन्वय गरी आवश्यक काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नु भयो।
दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलले वैदेशिक रोजगारी प्रक्रियालाई पारदर्शी, न्यायपूर्ण र श्रमिकमैत्री बनाउन आपसी समन्वय तथा सहकार्यको आवश्यकतालाई जोड दिएको छ। वार्तामा व्यक्त प्रतिबद्धता अनुसार आगामी दिनमा दुवै देशका श्रम मन्त्रालयबीच समन्वय गरी सिन्डिकेट तथा बिचौलिया प्रथासँग सम्बन्धित समस्या समाधानका लागि पहल अघि बढाइने अपेक्षा गरिएको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्