Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

महोत्तरीमा एक सय ४३ मतदानस्थल अति संवेदनशील

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २८, २०७९
In राष्ट्रिय
0

२८ आश्विन,महोत्तरी: आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्था सुदृढ बनाइँदै लगिएको छ । भारतसँग खुला सीमा जोडिएको अवस्थालाई दृष्टिगत गरी एक सय ४३ मतदानस्थललाई अति संवेदनशील र एक सय १४ संवेदनशील घोषित गरिएको छ । निर्वाचनलाई मध्यनजर गर्दै यसको आवरण/निहुँमा हुनसक्ने सम्भावित अवाञ्छित घुसपैठ निस्तेज गर्न सुरक्षा प्रबन्ध सुदृढ गरिँदै लगिएको जिल्लाका मुख्य प्रशासक प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले बताएका छन ।

उहाँले बताए अनुसार “स्थानीय (जिल्ला) प्रशासन अहिले देखि नै निर्वाचन सम्बद्ध सुरक्षा प्रबन्धमा जुटेको छ”, “निर्वाचन सुरक्षा प्रबन्धका लागि अहिलेदेखि नै एक हजार पाँच सय नेपाल प्रहरी र दुई हजार आठ सय म्यादी प्रहरी परिचालित भइसकेका छन् ।” यसबाहेक सशस्त्र प्रहरी र नेपाली सेना पनि निर्वाचन सुरक्षामा आवश्यकतानुसार परिचालित गरिने छ । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा निर्वाचनका लागि दुई सय ५८ मतदानस्थल र चार सय ९९ मतदान केन्द्र निर्धारण गरिएका छन् ।

जिल्लाका सबै मतदानस्थलको वस्तुस्थिति बुझी राख्न सुरक्षा निकायसहितको अनुगमन निरन्तर जारी राखिएको छ । “हामी (जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना) निरन्तर सबै मतदान केन्द्रको सुरक्षा अवस्था र सम्भावित चुनौतीबारे सचेत छौँ”, प्रजिअ पहाडी भन्नुहुन्छ, “करिब ३९ किलोमिटर भारतीय सीमासँग जोडिएको हुँदा जिल्लासँग जोडिएका भारतीय जिल्ला मधुवनी र सीतामढीका सुरक्षा अधिकारीसँग पनि सीमा सुरक्षाबारे निरन्तर संवादमा छौँ ।” यो अवस्थालाई मध्यनजर गर्दै अहिलेदेखि नै आवश्यक प्रबन्धमा जुटेको जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहनुभएका प्रजिअ पहाडीको भनाइ रहेको छ ।

जिल्लाको भौगोलिक अवस्थिति, सामाजिक परिवेश, आपराधिक गतिविधि लगायतका आधारमा मतदानस्थल र मतदान केन्द्रलाई तीन तह (अतिसंवेदनशील, संवेदनशील र सामान्य)मा वर्गीकरण गरी सोहीअनुरूप सुरक्षा व्यवस्था प्रबन्ध गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । निर्वाचन तयारीसँगै जिल्ला सुरक्षा समितिले योजनाबद्ध जनसम्पर्क बढाएको जनाएको छ । आम जनतासँगको प्रत्यक्ष साक्षात्कारबाट सुरक्षा अवस्थाबारे थप जानकारी प्राप्त हुँदै गएको र आम जनतामा पनि सुरक्षा व्यवस्थाबारे विश्वास बढेको पाइएको छ ।

निर्वाचन लक्षित सुरक्षा व्यवस्था अनुसार सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना सम्मिलित तीन तहमा सुरक्षा परिचालनको तयारी गरिएको तथा सुरक्षा बन्दोबस्ती कार्यमा निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मतदानस्थल र उम्मेदवारको सुरक्षा, आचारसंहिताको सुक्ष्म अनुगमन लगायतका विषयलाई विशेष ध्यान दिएर सशस्त्र प्रहरीको कमाण्डमा सुरक्षा गस्ती परिचालन गरिएको प्रजिअ पहाडीले जानकारी दिनुभयो । “आम मतदाताले सुरक्षाबारे ढुक्क भएर मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ”,

प्र. जी. अ.पहाडी भन्नुहुन्छ, “जिल्लामा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासन र सुरक्षा निकायको योजनामा राजनीतिक दल र सबै उम्मेदवारको सद्भाव र सहयोग आवश्यक छ ।” जिल्लाका चार प्रतिनिधिसभा र आठवटै प्रदेशसभामा गरी अहिले दुई सय २६ उम्मेदवार निर्वाचन चिह्न प्राप्त गरी चुनावी प्रचारमा लागिसकेका छन् । दलका नेता, उम्मेदवार र कार्यकर्ताको सघन गतिविधिले जिल्लामा चुनावी माहोल तात्दै छ ।

जिल्लामा यसपालि जम्मा तीन लाख ९७ हजार ३० मतदाता छन् । जसमा दुई लाख १५ हजार एक सय ३१ पुरुष, एक लाख ८१ हजार आठ सय ९८ महिला र एक तेस्रोलिङ्गी (अन्य) रहेका जिल्ला निर्वाचन कार्यालय महोत्तरीले यसअघि नै सार्वजनिक गरिसकेको छ । (रासस)

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राष्ट्रिय

प्रहरी दिवसमा विभिन्न विधाका उत्कृष्ट प्रहरी कर्मचारीहरु लाई सम्मान

अशोज ३०, २०८१
राष्ट्रिय

६९ औं प्रहरी दिवस मनाइँदै, प्रधान कार्यालय परिसर सिंगारियो

अशोज २९, २०८१
राष्ट्रिय

आगामी संसद अधिवेशन बाट प्रहरी सम्बन्धी विधेयक पारित गरिने

अशोज २९, २०८१
राष्ट्रिय

अभ्यास क्याम्ब्रियन गस्ती स्वर्ण पदक नेपाली सेनालाई

अशोज २७, २०८१
राष्ट्रिय

अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नु पर्ने : प्रहरी महानिरीक्षक कुँवर

भदौ १६, २०८१
राष्ट्रिय

सेनाले जिम्मा लिएका राष्ट्रिय गौरवका आयोजनामा जग्गा अधिग्रहणकाे समस्या

साउन ४, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend