Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

काठमाडौं तराई मधेश दु्रतमार्गको २६ प्रतिशत काम सम्पन्न : नेपाली सेना

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २४, २०८०
In राष्ट्रिय
0

काठमाडौं : नेपाली सेनाले काठमाडौं तराई मधेश दु्रतमार्ग निर्माणमा अहिले सम्म २६ दशमलव १४ प्रतिशत प्रगति भएको जानकारी दिएको छ । आज जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाले आर्थिक वर्ष २०८० /८१को श्रावण मसान्त सम्म द्रुत मार्ग निर्माणको प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जानकारी दिएको हो ।

आयोजनाको करिव ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको जनाएको सेनाले खोकना ईलाकामा द्रुतमार्गको शुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापन सम्बन्धि निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात खरिद प्रक्रिया शुरु गर्ने गरी तयारी हालतमा रहेको आयोजना प्रमुख प्राविधिक उपरथी कमल विक्रम शाहले जानकारी दिए ।

त्यस्तै हालसम्म निर्माणाधिन तीन वटा सुरुङ्गमार्ग हरुको जम्मा लम्बाई ६.४१५ किलोमिटर मध्ये २.६६७ किलोमिटर अर्थात ४१.५७ प्रतिशत सुरुङ निर्माण कार्य सम्पन्न भएको सेनाले जनाएको छ । त्यस्तै ८ महादेवटार सुरुङ्गमार्गको जम्मा लम्बाई ३.३५५ किलोमिटर मध्ये हालसम्म १.३८७ किलोमिटर सुरुङ्ग निर्माण कार्य सम्पन्न भएको बताइएको छ ।

त्यस्तै आयोजनाको समष्टिगत कार्य योजना अन्तर्गतका ११ वटा कलस्टर मध्ये १३ वटा निर्माण प्याकेजका ७ वटा सम्पन्न भएको सेनाले जनाएको छ । त्यस्तै, आयोजनाको समष्टिगत वितीय प्रगति मोबिलाइजेशन सहित २८ दशमलव ११ प्रतिशत रहेको सेनाले जनाएको छ ।

आयोजना अन्तर्गत तीनवटा सुरुङहरुको जम्मा लम्बाइ ६ दशमलव ४१५ मिलोमिटरमध्ये २ दशमलव ६६७ किलोमिटर अर्थात ४१ दशमलव ५७ प्रतिशत काम भएको सेनाले जनाएको छ ।त्यस्तै खोकना क्षेत्रमा द्रुत मार्गको सुरु विन्दु निर्धारण गरी सवारी आवागमन व्यवस्थापन सम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात खरिद प्रक्रिया सुरु गर्ने तयारी अवस्थामा रहेको आयोजना प्रमुख शाहले जानकारी दिए ।

त्यस्तै सेनाले सैनिक कल्याणकारी कोषमा २०८० असार मसान्त सम्ममा ७१ अर्ब ५ करोड ६१ लाख रुपैयाँ जम्मा भएको जनाएको छ । कोषमा यस वर्ष १३.३४ प्रतिशत अर्थात् ८ अर्ब ३६ करोड ७२ लाखले वृद्धि भएको हो । त्यस्तै कोषको यथार्थ सम्पत्ति ७७ अर्ब ६१ करोड १ लाख रुपैयाँ पुगेको जनाएको छ । त्यसमध्ये ६ अर्ब ५५ करोड ४० लाख रुपैयाँ कोषले विभिन्न क्षेत्रमा लगानी गरेको छ ।

नेपाली सेनाको जंगीअड्डामा आइतबार आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी निर्देशनालयका सहायक रथी किरण केसीले २०७९ असार मसान्तसम्म कोषको नगद मौज्दात ६२ अर्ब ६८ करोड ८९ लाख रहेकोमा यस वर्ष ८ अर्ब ३६ करोड ७२ लाखले वृद्धि भएको बताए ।

सेनाको माज्दात मध्ये विघटनमा गएको युनाइटेड विकास बैंकको सम्पत्ति बाँकी नरहेकाले कोषले प्राप्त गर्नुपर्ने मध्ये एक करोड ५७ लाख रुपैयाँ असुली उच्च जोखिममा रहेको पनि सेनाले जनाएको छ । १० वर्षअघि सेनाको कोषमा २३ अर्ब रुपैयाँ थियो ।

  • 17shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राष्ट्रिय

प्रहरी दिवसमा विभिन्न विधाका उत्कृष्ट प्रहरी कर्मचारीहरु लाई सम्मान

अशोज ३०, २०८१
राष्ट्रिय

६९ औं प्रहरी दिवस मनाइँदै, प्रधान कार्यालय परिसर सिंगारियो

अशोज २९, २०८१
राष्ट्रिय

आगामी संसद अधिवेशन बाट प्रहरी सम्बन्धी विधेयक पारित गरिने

अशोज २९, २०८१
राष्ट्रिय

अभ्यास क्याम्ब्रियन गस्ती स्वर्ण पदक नेपाली सेनालाई

अशोज २७, २०८१
राष्ट्रिय

अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नु पर्ने : प्रहरी महानिरीक्षक कुँवर

भदौ १६, २०८१
राष्ट्रिय

सेनाले जिम्मा लिएका राष्ट्रिय गौरवका आयोजनामा जग्गा अधिग्रहणकाे समस्या

साउन ४, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend