Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

उद्योगहरुमा सोलार प्रयोग गर्न सुझाव

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १४, २०८०
In प्रविधि
0

विराटनगर : घर तथा उद्योगहरुमा सोलार प्रविधि जडान गरी कार्बन उत्सर्जनमा कमी ल्याउने पहल थालिएको छ । यसका लागि उद्योगी–व्यवसायीहरु र सरोकारवालाहरु बीच नेपाल सरकारको ऊर्जा, जलस्रोत तथ सिंचाई मन्त्रालय अन्तर्गत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र आयोजना, उद्योग संगठन मोरङ र जर्मन सहयोग नियोगको समन्वयमा छलफल गरिएको छ ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले रुफटप सौर्य ऊर्जा उद्योगहरुका लागि सस्तो वैकल्पिक ऊर्जा भएको वताए । उनले पर्याप्त विद्युत उपलब्ध नभइरहेको अवस्थामा सौर्य ऊर्जाको उपलब्धता उद्योग सञ्चालनका लागि उत्तम विकल्प हुने बताए ।

यसको प्राविधिक पक्षलाई विश्लेषण गरी जडान गर्नुपर्ने धारणा सुरानाले राखे । विश्वव्यापी रुपमा भइरहेको वातावरणीय प्रदुषण र त्यसबाट मानव स्वास्थ्यमा परेको नकारात्मक प्रभाव न्यूनीकरणमा समेत सौर्य ऊर्जा उपयोगी भएकाले यसको प्रयोगलाई सरकारले समेत प्रवर्धन गर्नु पर्नेमा उनले जोड दिए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सौर्य ऊर्जा संयोजक निरज सापकोटाले नेपाल र जर्मन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रमुख उद्देश्य सौर्य ऊर्जाको प्रवर्द्धनका माध्यमबाट कार्वन उत्सर्जनमा कमी ल्याउनु रहेको बताए ।

उनले यो प्रविधि उद्योग स्वयंले आफ्नै खर्चमा जडान गर्नसक्ने वा अन्य पक्ष मार्फत गराई आफूलाई आवश्यक ऊर्जा किनेर उपयोग गर्न सक्ने जानकारी गराए ।परियोजनाका डेपुटी टिम लिडर खेमराज भण्डारीले यसको प्राविधिक र आर्थिक पक्षका विषयमा जानकारी दिँदै सौर्य उर्जाको प्रयोगबाट उद्योगहरुले डिजल खपत घटाउन सक्ने वताए ।

उनले यस प्रविधिबाट गुणस्तरीय विद्युत उपलब्ध हुनुका साथै प्रति युनिट दर सस्तो पर्न जाने भएकाले उद्योगको खर्च न्यूनिकरणमा समेत सहयोगी हुने बताए ।परियोजनाको वातावरणीय र सामाजिक विज्ञ अनुसुया जोशीले सौर्य ऊर्जा वातावरणीय दृष्टिकोणले उपयुक्त हुने धारणा राखिन्

एक मेगावाट भन्दा माथिको सौर्य ऊर्जा जडान गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याउदै उनले आर्थिक पक्षबाट यो प्रविधि उपयुक्त भएको बताइन् ।कार्यक्रममा मोरङ व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधिहरु र विभिन्न उद्योग प्रतिष्ठानका संचालक तथा व्यवस्थापकहरुको सहभागिता थियो ।

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रविधि

मंगल ग्रहमा प्राचीन जीवनका सम्भावित संकेत भेटियो

अशोज २०, २०८२
प्रविधि

‘मिडियालाई पुन: परिभाषित गर्नु पर्ने अवस्था आयो’

साउन २८, २०८१
प्रविधि

देशको सुदूर पश्चिम टिंकरमा पुग्यो मोबाइल सेवा

अशोज १७, २०८०
प्रविधि

नयाँ च्याटबट ल्याउँदै मेटा, च्याटजीपीटी जस्ता एआई टुललाई चुनौती

अशोज १३, २०८०

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend