२८ मंसिर,काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवा ऐन संसदबाट पारित गराउन आफू र आफू नेतृत्वको मन्त्रालय क्रियाशील रहेको बताएका छन् ।
बागमती प्रदेश स्तरीय स्थानीय तहका असल अभ्यास र सिकाइ सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रमलाई मंगलबार चितवनमा सम्बोधन गर्नु हुँदै उनले सङ्घीयता लाई मार्ग प्रष्ट गराउने गरी तयार भएको ऐनको विधेयक पारित गराउन मन्त्रालयको सम्पूर्ण शक्ति लागि रहेको बताएका हुन् ।
‘मन्त्रालय बाट सङ्घीयता कार्यान्वयनको एउटा स्तम्भ प्रशासनिक सङ्घीयतालाई बलियो बनाउने गरी तयार भएको सङ्घीय निजामती सेवा ऐनको विधेयक सङ्घीय संसदमा विचाराधीन छ । उक्त विधेयक लाई अविलम्ब स्वीकृत गराउन मन्त्रालय लागि रहेको छ,’मन्त्रीगुप्ताले भने, ‘यस ऐनको स्वीकृति पश्चात तीनै तहमा रहेको प्रशासनिक द्विविधा एकै पटक समाधान हुने छ ।’
गाउँपालिका तथा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा जिल्ला समन्वय अधिकारीको समस्या सुन्ने तथा स्थानीय तहलाई सहयोग गर्न मन्त्रालय निरन्तर लागि रहेको मन्त्रीगुप्ताले स्पष्ट पारे ।
मन्त्रीगुप्ताले सङ्घीयता कार्यान्वयनको सात वर्षको अवधिमा राजनीतिक सङ्घीयताले पूर्णता पाएकोे बताए। सङ्घीयता कार्यान्वयनमा तीनै तहको सरकार बाट गर्नु पर्ने धेरै बताए काम बाँकी रहे पनि यस बीचमा धेरै काम सम्पन्न भइ सकेको उहाँको भनाइ छ ।
‘सङ्घीयता कार्यान्वयन सम्बन्धी धेरै वटा कानुनहरू निर्माण तथा संशोधन भएका छन् । कार्य विस्तृतीकरण गरी अधिकारको व्याख्या गरिएको छ । तीनै तहको संरचनाको निर्माण गरी जनशक्तिव्य वस्थापन गरिएको छ । तीनै तहले सञ्चालन गर्ने आयोजनाको वर्गीकरण लगायतका काम सम्पन्न भएका छन् । राजनीतिक सङ्घीयताले पूर्णता पाएको छ,’उनले भने ।




















आफ्नो प्रतिकृया दिनुहोस्