०५ पौष,काठमाडौं: पूर्व-उपराष्ट्रपति परमानन्द झाले पत्रकारहरुको कलममा देश बनाउने र बिगार्ने क्षमता भएको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित न्यूज लाइन्स् मिडिया प्रा.ली.को नवौं वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा उनले पत्रकारहरुले आफ्नो कलम लाई निष्पक्ष, राम्रो र उपयुक्त समयमा प्रयोग गर्नु पर्ने बताएका हुन् ।
उनले भने, ‘तपाइँको कलममा देश बनाउने र बिगार्ने क्षमता पनि छ । तरवार भन्दा कलमको महत्व बढि छ । त्यसैले पत्रकारहरुले आफ्नो कलमलाई निष्पक्ष, राम्रो र उपयुक्त समयमा प्रयोग गर्नु पर्छ । मिडियाको अधिकार, मिडियाले देश र समाजलाई दिनु पर्ने देन यही हो । थोरै लेखौँ, सत्य लेखौं र देशलाई राम्रो हुने कुरा लेखौँ ।’
यस्तै, उनले मिडियाको अर्थ भनेको सत्य कुरा लेख्नु भएको भन्दै पत्रकारको कलममा निष्पक्षता रहेन भने मिडियाको काम प्रभावकारी नहुने बताए ।
उनले भने, ‘मिडियाको अर्थ मैले जानेसम्म साचो कुरा लेख्ने हो । त्यसैले साचो कुरालाई लेख्ने काम गर्नु पर्छ गरेन भने त्यो मिडिया दुषित मिडिया भन्न सकिन्छ, सरकार चलाउनको लागि तीन वटा संस्था हुन्छ तर चौथो सरकारी अंगको रुपमा मिडियालाई पनि लिइन्छ । त्यसैले पत्रकारहरुले झुटो कुरा लेख्नु भयो, निष्पक्षता तपाईंको कलममा रहेन भने मिडियाको काम प्रभावकारी हुँदैन ।’
आफ्नो प्रतिकृया दिनुहोस्