Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरूको भाष्य खारेज भयो: अध्यक्ष प्रचण्ड

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ७, २०८१
In समाचार
0

७ चैत्र,बारा: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बनाउँदै लगेको बताएका छन्।

बारामा आयोजित जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान अन्तर्गतको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा कांग्रेस वा एमालेसँग गठबन्धन गर्दा तिनीहरूले फाइदा लिने तर माओवादीले घाटा व्यहोर्ने अवस्था रहेको उल्लेख गरे। अब भने माओवादीले एक्लै चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार तयार भइसकेको उनको दाबी छ।

उनले गत मंसिरको उपनिर्वाचन देखि हालै सम्पन्न स्ववियु निर्वाचन सम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने सम्भावना बलियो भएको बताए। विपक्षीहरूले माओवादी चुनाव लड्नै सक्दैन भन्ने प्रचार गरे पनि पछिल्ला निर्वाचन परिणामहरूले त्यो भाष्य खारेज भएको उनको भनाइ छ।

अध्यक्ष प्रचण्डले भने, “गत उपनिर्वाचनमा कांग्रेस र एमाले मिलेर मात्र होइन, चुनाव चिन्ह साटफेर गर्दै माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जित्यौं। अहिले स्ववियु निर्वाचनमा पनि कांग्रेस-एमाले समर्थित विद्यार्थी संगठनहरू मिलेर लड्दा माओवादी समर्थित अखिल क्रान्तिकारीले एक्लै देशव्यापी रूपमा उत्साहजनक नतिजा निकाल्यो। कयौं ठूला क्याम्पसमा तीन दशकदेखिका रेकर्डहरू तोडिएका छन्।”

उनका अनुसार, विद्यार्थीहरूले प्रतिगमन र यथास्थितिको पक्षमा नभई अग्रगमन र परिवर्तनको पक्षमा मतदान गरेको स्ववियु निर्वाचनको नतिजाले स्पष्ट पारिदिएको छ।

प्रतिगामी शक्तिहरू विरुद्ध लड्ने प्रतिबद्धता

अध्यक्ष प्रचण्डले सरकारका कमजोरीको फाइदा उठाउँदै प्रतिगामी शक्तिहरूले टाउको उठाउने दुस्साहस गरिरहेको आरोप लगाए। उनले जनताको अधिकारको रक्षा गर्नका लागि यथास्थितिवादी तथा प्रतिगामी शक्तिहरू विरुद्ध लड्नु पर्ने दायित्व फेरि जनताकै काँधमा आएको बताए।

त्यस्तै, उनले जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान मधेशी जनताको पहिचान, आत्मसम्मान र अधिकारलाई थप मजबुत बनाउने अभियान भएको उल्लेख गरे। माओवादी र मधेशी जनताबीच अझ गहिरो सम्बन्ध स्थापित हुने विश्वास पनि व्यक्त गरे।

हुलाकी मार्गको निर्माणमा माओवादीको भूमिका

अध्यक्ष प्रचण्डले हुलाकी मार्गलाई दक्षिण नेपालको जीवनरेखा भएको उल्लेख गर्दै यसलाई पूर्णता दिन अभियानले सहयोग गर्ने बताए। उनले २०७३ मा प्रधानमन्त्री रहँदा भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँगको छलफल पछि हुलाकी मार्ग निर्माण पुनः सुरु भएको दाबी गरे। तर, अझै केही स्थानमा पुल निर्माण सम्पन्न नभएकाले त्यस लाई चाँडो पूरा गर्न आवश्यक रहेको बताए।

  • 5shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

GEN-Z हरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

अशोज २६, २०८२
समाचार

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

अशोज २४, २०८२
समाचार

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्ने

अशोज २३, २०८२
समाचार

सिंहदरबारको आगो समयमा निभाउन नसकिएको कारण, “ प्रदर्शनकारीको अवरोध ” : मेयर बालेन

अशोज २१, २०८२
समाचार

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि सुचारु

अशोज २०, २०८२
समाचार

नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु

अशोज १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend