Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

चोरी पैठारीले राजस्वमा गिरावट, आन्तरिक व्यापार प्रभावित : गृहमन्त्री लेखक

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ९, २०८२
In समाचार
0

९ जेठ,जनकपुरधाम, मधेश प्रदेश: गृहमन्त्री रमेश लेखकले शान्ति र सुरक्षाविना समृद्धि र सुशासनको सम्भावना रहन नसक्ने स्पष्ट गरेका छन्। शुक्रबार जनकपुरधाममा आयोजित मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले समग्र विकासका लागि शान्ति सुरक्षालाई पहिलो प्राथमिकता दिनु पर्ने बताएका हुन्।

गृहमन्त्री लेखकले विशेष गरी सीमा नाकासँग जोडिएका क्षेत्रमा चोरी पैठारी तीव्र भएको उल्लेख गर्दै, यसले देशको राजस्वमा गिरावट ल्याउनुका साथै आन्तरिक व्यापार कमजोर बनाएको बताए। त्यस्तै, सीमावर्ती क्षेत्रमा आपराधिक गतिविधिहरू बढ्दै गएको तर्फ पनि उनले चिन्ता व्यक्त गरे।

सम्बन्धित समस्या समाधानका लागि गृहमन्त्री लेखकले सम्पूर्ण सुरक्षा निकायलाई गम्भीर भएर लाग्न निर्देशन दिए। उनले लागू औषध कारोबार, सवारी दुर्घटना, आत्महत्या तथा साइबर अपराधजस्ता समस्या समेत चिर्न सुरक्षा निकायको सक्रिय भूमिका अपरिहार्य रहेको धारणा राखे।

कार्यक्रममा मधेश प्रदेशका आन्तरिक मामिला, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सुरक्षाकर्मीहरू लाई आवश्यक सेवा-सुविधा नपुगेको गुनासो गर्दै उनीहरूका लागि उचित आवास तथा भोजन व्यवस्था हुनु पर्ने माग गरे। उनले केन्द्र सरकार लाई सुरक्षाकर्मीका लागि विशेष बजेट विनियोजन गर्न आग्रह पनि गरे।

यता, मुख्यमन्त्री सतीश कुमार सिंहले प्रहरी समायोजन अझै नभएको कारण प्रदेश सरकारले अपेक्षित रूपमा काम गर्न नसकेको बताए। उनले विगतमा बन्द गरिएका मापदण्ड विपरीतका अस्पतालहरू पुन: सञ्चालनमा आएको प्रति असन्तुष्टि जनाउँदै निगरानीको प्रभावकारिता बढाउनु पर्नेमा जोड दिए।

गोष्ठीमा मधेश प्रदेशका आठवटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

  • 15shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend