Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

माओवादी केन्द्र प्रति जनविश्वास बढे सँगै षड्यन्त्र शुरु भयो : अध्यक्ष प्रचण्ड

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ३१, २०८२
In समाचार
0

३१ जेठ,मोरङ : मोरङको उर्लाबारीमा आयोजित एक कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी ३७० जना नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। नव-प्रवेशीहरू लाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गरेका हुन्।

पार्टी प्रवेश समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रति जनविश्वास दिन-प्रतिदिन बढिरहेको दाबी गरे। जनसमर्थन बढे सँगै पार्टी लाई घेराबन्दी गर्ने र बदनाम गर्ने नियोजित षड्यन्त्र भित्र–बाहिरबाट भइरहेका उनले आरोप लगाए।

“सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा उल्लेखनीय काम गर्यौं। तर, षड्यन्त्रपूर्वक सरकारबाट बाहिरिनु पर्‍यो। त्यस पछि पनि हामी जनताको घर–घर पुग्यौं, दुःख–सुख बाँड्यौं। त्यसैले जनविश्वास अझै मजबुत हुँदै गएको छ,” उनले भने।

पूर्वी नेपालका झापा र मोरङ जिल्लामा अघिल्लो स्थानीय निर्वाचनमा पार्टीले हासिल गरेको सफलताको स्मरण गर्दै प्रचण्डले आगामी निर्वाचनमा अझ राम्रो नतिजा आउने विश्वास व्यक्त गरे।

उनले माओवादीको जनआधार विस्तार देखेर प्रतिक्रियावादी शक्ति आत्तिएको र त्यसैले षड्यन्त्रहरू भइरहेको टिप्पणी गरे। नवप्रवेशी कार्यकर्तालाई संगठन भित्र उपयुक्त भूमिका दिने प्रतिबद्धता व्यक्त गर्दै प्रचण्डले पार्टी लाई अझ सुदृढ बनाउँदै अघि बढ्ने बताए।

  • 11shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend