Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘राज्यले मलाई साङ्केतिक रुपमा प्रयोग गरेर नागरिकको मुखबन्द गर्न खोज्यो’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १९, २०८२
In समाचार
0

१९ असार,काठमाडौं । पत्रकार दिलभूषण पाठकले राज्यले साङ्केतिक रुपमा प्रयोग गरेर सिंगो पत्रकारिता जगतलाई राज्य माथि प्रश्न गर्न रोक लगाउन खोजेको बताएका छन् ।


बिहीबार २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिए पछि एक विशेष कुराकानीमा उनले आफूलाई प्रयोग गरेर तमाम नागरिक समाज अथवा सिंगो पत्रकारिता जगतलाई राज्य माथि प्रश्न नगर, तिमीहरुको हैसियत छैन् भन्ने जमर्को गरेको बताएका हुन् ।


उनले भने,‘एउटा दिलभूषण पाठक लाई साङ्केतिक रुपमा प्रयोग गरेर तमाम नागरिक समाज अथवा सिंगो पत्रकारिता जगतलाई राज्य माथि प्रश्न नगर, तिमीहरुको हैसियत छैन् भन्न खोजेको हो ।’


त्यस्तै उनले समाचार सँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्ता लाई प्रत्यक्ष संवाद गरेर त्रुटिवस भएका गल्तीहरु सच्याउने ठाउँ हुँदा हुँदै अभियोग लगाउनु र तर्साउने उद्देश्य भएको टिप्पणी गरे ।


न्याय क्षेत्रमा लागेका तमाम मानिसहरुले यो एउटा मुद्दा नागरिकको अभिव्यक्ति संकुचना गर्ने अथवा तिनको मुखबन्द गर्ने प्रयत्न भएका धारणा राखेको उनको भनाइ थियो । उनले आफूले पनि यस मुद्दालाई त्यसरी नै बुझेको बताए ।


उनले भने,‘समाचार सँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्तालाई प्रत्यक्ष संवाद गरेर त्रुटिवस भएका गल्तीहरु सच्याउने ठाउँ हुँदा हुँदै कसैलाई यो अभियोग लगाउनु तर्साउने उद्देश्य नै हो । न्याय क्षेत्रमा लागेका तमाम मानिसहरुले गरेको प्रश्न यो एउटा मुद्दा नागरिकको अभिव्यक्ति संकुचना गर्ने अथवा तिनको मुखबन्द गर्ने प्रयत्न हो ।’


पत्रकार पाठकले सार्वजनिक पदमा बस्ने मानिसहरु नागरिकका प्रश्नको जवाफ दिन तयार हुनु पर्ने, सार्वजनिक पदमा बस्ने मानिसहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्न थाले भने यस्तो खालको आक्षेपहरु लाग्न बन्द हुने आशयले आफूले भिडियो बनाएको स्पष्ट पारे । तर सो कन्टेन्टलाई नीजि औजारका रुपमा प्रयोग गरेर आफू माथि आक्रमण गर्ने प्रयास भएको उनको भनाइ छ ।

  • 19shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend