Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘राज्यले मलाई साङ्केतिक रुपमा प्रयोग गरेर नागरिकको मुखबन्द गर्न खोज्यो’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १९, २०८२
In समाचार
0

१९ असार,काठमाडौं । पत्रकार दिलभूषण पाठकले राज्यले साङ्केतिक रुपमा प्रयोग गरेर सिंगो पत्रकारिता जगतलाई राज्य माथि प्रश्न गर्न रोक लगाउन खोजेको बताएका छन् ।


बिहीबार २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिए पछि एक विशेष कुराकानीमा उनले आफूलाई प्रयोग गरेर तमाम नागरिक समाज अथवा सिंगो पत्रकारिता जगतलाई राज्य माथि प्रश्न नगर, तिमीहरुको हैसियत छैन् भन्ने जमर्को गरेको बताएका हुन् ।


उनले भने,‘एउटा दिलभूषण पाठक लाई साङ्केतिक रुपमा प्रयोग गरेर तमाम नागरिक समाज अथवा सिंगो पत्रकारिता जगतलाई राज्य माथि प्रश्न नगर, तिमीहरुको हैसियत छैन् भन्न खोजेको हो ।’


त्यस्तै उनले समाचार सँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्ता लाई प्रत्यक्ष संवाद गरेर त्रुटिवस भएका गल्तीहरु सच्याउने ठाउँ हुँदा हुँदै अभियोग लगाउनु र तर्साउने उद्देश्य भएको टिप्पणी गरे ।


न्याय क्षेत्रमा लागेका तमाम मानिसहरुले यो एउटा मुद्दा नागरिकको अभिव्यक्ति संकुचना गर्ने अथवा तिनको मुखबन्द गर्ने प्रयत्न भएका धारणा राखेको उनको भनाइ थियो । उनले आफूले पनि यस मुद्दालाई त्यसरी नै बुझेको बताए ।


उनले भने,‘समाचार सँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्तालाई प्रत्यक्ष संवाद गरेर त्रुटिवस भएका गल्तीहरु सच्याउने ठाउँ हुँदा हुँदै कसैलाई यो अभियोग लगाउनु तर्साउने उद्देश्य नै हो । न्याय क्षेत्रमा लागेका तमाम मानिसहरुले गरेको प्रश्न यो एउटा मुद्दा नागरिकको अभिव्यक्ति संकुचना गर्ने अथवा तिनको मुखबन्द गर्ने प्रयत्न हो ।’


पत्रकार पाठकले सार्वजनिक पदमा बस्ने मानिसहरु नागरिकका प्रश्नको जवाफ दिन तयार हुनु पर्ने, सार्वजनिक पदमा बस्ने मानिसहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्न थाले भने यस्तो खालको आक्षेपहरु लाग्न बन्द हुने आशयले आफूले भिडियो बनाएको स्पष्ट पारे । तर सो कन्टेन्टलाई नीजि औजारका रुपमा प्रयोग गरेर आफू माथि आक्रमण गर्ने प्रयास भएको उनको भनाइ छ ।

  • 19shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

निर्माण कार्य सम्पन्न भए पनि विवरण नआउँदा भुक्तानी रोकिने, कार्यालयहरूमा विवाद चर्किँदै

असार २३, २०८२
समाचार

पर-राष्ट्रमन्त्री डा. राणा इटाली प्रस्थान

असार १३, २०८२
समाचार

माओवादी केन्द्र प्रति जनविश्वास बढे सँगै षड्यन्त्र शुरु भयो : अध्यक्ष प्रचण्ड

जेष्ठ ३१, २०८२
समाचार

देउवाको प्रतिक्रिया: “बजेट सन्तुलित छ, गृहमन्त्रीको राजीनामाको आवश्यकता छैन”

जेष्ठ २३, २०८२
समाचार

आफूले अनुचित काम नगरेको अध्यक्ष नेपालको दाबी

जेष्ठ २२, २०८२
समाचार

चोरी पैठारीले राजस्वमा गिरावट, आन्तरिक व्यापार प्रभावित : गृहमन्त्री लेखक

जेष्ठ ९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

कस्तो रहयो परराष्ट्र मन्त्रीको एक वर्ष ?

असार ३१, २०८२

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

असार ३१, २०८२

मन्त्री राजकुमार गुप्ताको राजीनामा, घुस ऑडियो प्रकरण पछि जिम्मेवारीबाट अलग

असार ३१, २०८२
sun

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

असार ३१, २०८२

धनुषाको सबैला नगरपालिकाका पूर्व इन्जिनियर र वडा अध्यक्ष सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

असार ३१, २०८२

मुख्यमन्त्री सिंह द्वारा सुख्खा र खानेपानी समस्या समाधानका लागि संघीय सरकार र दातृ निकायलाई सहयोगको आग्रह

असार ३१, २०८२

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

असार २७, २०८२

सांसद अशोक यादव माथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने चेतावनी

असार २७, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend