२ साउन,काठमाडौं । गृहमन्त्री रमेश लेखकले अनुसन्धानको काम शसस्त्र प्रहरीको नभएको बताएका छन् ।शुक्रबार काठमाडौंमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको छलफलमा बोल्दै उनले शसस्त्र प्रहरीले खासगरि सीमा क्षेत्र र सुरक्षाका विषयहरु, सीमा अपराधका कुराहरु, विपद्का बेला खोजीकार्य गर्ने, राहत वितरणका कामहरु गर्ने भएको उनले बताए ।
उनले सुरक्षा सँग जोडिएर नेपाल प्रहरी र शसस्त्र प्रहरी दुबैले काम गर्ने गरेको बताएका छन् । लेखकले शान्ति सुरक्षाका क्षेत्रमा शसस्त्रले काम गर्ने तर अनुसन्धान गर्ने काम नेपाल प्रहरीको भएको स्पष्ट पारे ।

त्यस्तै कांग्रेस लुम्बिनी प्रदेश सदस्य एवम् राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटाले नेपालमा आत्महत्या गर्नेको संख्या बढिरहेकाले त्यसको कारण कारण खोज्नु पर्ने बताइन् ।
उनले प्रहरीले ठाँउठाँउमा बिना कारण गाडी रोकेर अनावश्यक दु:ख दिने गरेको गुनासोलाई कम गर्नु पर्ने पनि बताइन् । उनले हाल सम्म निर्मला पन्तको हत्याबारे सत्यतत्य बाहिर नआउनु दु:खद रहेको बताइन् ।




















आफ्नो प्रतिकृया दिनुहोस्