काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार तथा जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छन्।सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भारतीय परराष्ट्रमन्त्री डा. एस. जयशंकरलाई उल्लेख गर्दै उनले भारत विश्वका देशलाई प्रेरणा दिने लोकतन्त्रको चम्किलो उदाहरणका रूपमा रहिरहोस् भन्ने शुभेच्छा व्यक्त गरिन्।

उनका अनुसार नेपालले भारत सँगको लामो र दिगो साझेदारीलाई उच्च महत्त्व दिँदै आएको छ।“भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ, भारत लोकतन्त्रको उज्वल उदाहरणका रूपमा रहिरहोस्,” मन्त्री देउवाले लेखेकी छन्।




















आफ्नो प्रतिकृया दिनुहोस्