५ भदौ,जनकपुर। नेपाली बजारमा आज सुन-चाँदीकै मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा एक हजार तीनसय रुपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक हजार तीनसय रुपैयाँले बढेर सुन तोलाको एक लाख ९४ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ।
हिजो तोलामा एक हजार ६ यस रुपैयाँ घटेर सुनको मूल्य एक लाख ९३ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेर दुई हजार दुईसय ९० रुपैयाँ कायम भएकोे छ।
















आफ्नो प्रतिकृया दिनुहोस्