Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भारतीय केराको आयात रोक्नु पर्ने माग गर्दै ज्ञापन-पत्र

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २२, २०८२
In ज्ञापन-पत्र
0

बर्दियाका केरा खेती गर्ने किसानहरूले भारतीय केराको आयातमा रोक लगाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियामा आगामी मंसिर महिना सम्म केराको आयातमा रोक लगाउन माग गर्दै ज्ञापन-पत्र बुझाएका हुन् ।


भारतीय केराको आयात बढे पछि बर्दियामा नेपाली केरा विक्री नहुँदा बर्दियाली किसान मारमा परेका छन् । केरा समयमा विक्री हुन छाडेपछि बर्दियाका किसान भारतीय केराको आयातमा रोक लगाउनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापन पत्रबुझाएका छन् ।केराको उत्पादन र विक्री हुने समयमा नै बिक्न छाडे पछि केरा किसानहरूले भारतीय केराको आयातमा मंसिर महिना सम्म पूर्ण रुपमा बन्द गर्नु पर्ने माग गर्दै ज्ञापन-पत्र बुझाएकाहुन् ।

ज्ञापन-पत्रमा भारतको केरामा अत्याधिक बिषादी प्रयोगहुने भएको हुनाले बिषादी परिक्षण गर्नु पर्ने, नेपाली केरा उत्पादन किसानहरूको संरक्षण गर्नु पर्ने, केराको उचित मुल्य तोक्नु पर्ने र व्यवसायिक केरा किसानहरूलाई रासायनिक मल सहज रुपमा उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।सिजनकै समयमा भारतबाट अत्याधिक केरा आयाता हुन थाले पछि बर्दिया केरा बोट मै कुहिन थालेको केरा खेती गर्ने किसान टिका सम्सेलीले बताए ।

उनले गत बर्ष सहजै विक्री भएको केरा यस बर्ष भारत बाट बढी केरा आएको हुनाले नबिकेको बताए । यस्तै अवस्था रहेमा बर्दियाका केरा खेती गर्ने किसानहरूले केरा मास्नु पर्ने बाध्यता आउन सक्ने बताए ।बर्दिया जिल्लामा केरा जोन कार्यक्रम लागु भए पछि करिब पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।जसमा बार्षिक १५ हजार मेट्रिक टन केरा उत्पादन हुदै आएको छ ।

हाल बर्दिया जिल्लामा करिब सात सय घरपरिवार केरा खेतीमा संलग्न रहेका छन् । बर्दियामा बार्षिक ४० करोड बराबरको केराको कारोबार हुने गरेको केरा व्यवसाय संघ बर्दिया अध्यक्ष टोपलाल बिकले बताए ।आगामी मंसिर महिना सम्मको लागि बर्दिया कैलाली र बाँकेमा पर्याप्त केरा भए पनि भारतबाट आउँदा नबिकेको अध्यक्ष विकले बताए ।(यज्ञ प्रसाद सापकोटा), बर्दिया ।


बर्दियामा हाल केरा खेती बिस्तार सँगै व्यवस्थित हुँदै गएको छ । केरा पकाउने र स्टोर गर्न मिल्ने च्याम्बर, टिस्युकल्चर केरा नर्सरी, केराको थम्बाबाट रेसा निकाल्ने उद्योगहरू स्थापना भएका छन् ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

No Content Available

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend