२४ भदौ,जनकपुर। देशभर आन्दोलन गरिरहेका युवाहरुले मधेश प्रदेशको प्रदेश सभा, मधेश प्रदेशको कृषि मन्त्रालय र जिल्ला प्रशासन कार्यालय धनुषामा तोडफोड सहित आगजनी गरेका छन् ।मंगलबार प्रदर्शनकारी युवाहरुले धनुषा स्थित मधेश प्रदेशको प्रदेश सभा, मधेश प्रदेशको कृषि मन्त्रालय र जिल्ला प्रशासन कार्यालय धनुषामा तोडफोड सहित आगजनी गरेका हुन् ।

यस अघि सोमबार प्रहरीले प्रदर्शनकारी माथि गोली चलाउँदा १९ जना युवाको मृत्यु भए पछि देशभर आक्रोशित आन्दोलन तीव्र बनेको छ ।सरकारको मौनता, दमनको शैली, र नागरिकको आवाजलाई दबाउने प्रयास प्रति असन्तुष्ट जनाउँदै युवा पुस्ता सडकमा उत्रिएका छन् ।
राजनीतिक नेतृत्व र सत्तारूढ दलका शीर्ष नेताहरूको घर तथा कार्यालयहरू प्रदर्शनकारीहरूको निशानामा परिरहेका छन् ।




















आफ्नो प्रतिकृया दिनुहोस्