काठमाडौं । GEN-Z आन्दोलनका क्रममा मृत्यु भएका सहिदहरुको भोली (मंगलबार) बिहान ७ बजे शव यात्रा गर्ने तयारी गरिएको छ ।भदौ २३ गते मृत्यु भएका कति शहिदहरुको अन्त्यष्टि भइसकेको छ भने कतिको हुन बाँकी छ । बाँकी रहेका शवहरुलाई भोली शव यात्रा गरेर अन्त्यष्टि गर्ने तयारी गरिएको हो ।

टिचिङ् अस्पतालबाट भोली बिहान ७ बजे शव यात्रा सुरु गरेर चक्रपथ एक परिक्रमा गराउने कार्यक्रम तय भएको एक मृतकका परिवार कमल सुवेदीले जानकारी दिएका छन् ।उनले काठमाडौं बाहिर जाने शवहरुलाई आर्मिको हेलिकप्टरको पनि व्यवस्था गरिएको पनि जानकारी दिएका छन् । अन्त्यष्टि गरिसकेका परिवारहरुले पनि मृतकको फोटो र ब्यानर बोकेर यात्रामा आउन सक्ने पनि वयवस्था गरिएको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्