काठमाडौं । नेपाल स्थित भारतीय दूतावासले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। शुक्रबार जारी गरिएको यात्रा परामर्शमा दूतावासले पछिल्लो एक सातामा नेपालको अवस्था उल्लेखनीय रूपमा सुधार भए पनि यात्राक्रममा सतर्कता आवश्यक रहेको जनाएको छ।
दूतावास द्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालमा सडक यातायात र हवाई सेवा नियमित रूपमा सञ्चालनमा आइसकेका छन्। अवस्था सुधार हुँदै गएको भए पनि यात्रुहरूले दूतावास वा स्थानीय निकायले जारी गर्ने निर्देशन पालना गर्नु पर्नेछ।”
त्यसै गरी, नेपालमा रहेका भारतीय नागरिकलाई आवश्यक परेमा सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बर पनि सार्वजनिक गरिएको छ। +९७७–९८०८६०२८८१ र आपतकालीन नम्बर +९७७–९८५१३१६८०७ मा सम्पर्क गर्न सकिने उल्लेख छ।
यस अघि भएको हिंसात्मक गतिविधिका कारण प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र संघीय संसद् सचिवालय भित्रका सवारी साधनमा क्षति पुगेको थियो। तर अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन मिति घोषणा गरे सँगै सामान्य अवस्था क्रमशः सामान्य तर्फ फर्किरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्