Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मिसेस मंगोल नेपालको ताज टिनालाई

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ५, २०८२
In लाइफस्टाइल/सौन्दर्य
0

काठमाडौँ । मिसेस मंगोल नेपाल २०२५ को ताज टिना आले कवर मगरले जितेकी छन्। निर्णायकको अन्तिम प्रश्नमा दिएको आत्मविश्वासी उत्तरका आधारमा उनले यो उपाधि हासिल गर्दै चाँदीको ताजसँगै सन् २०२६ मा लण्डनमा आयोजना हुने NFEA Awards मा प्रत्यक्ष प्रवेश पाउने अवसर समेत प्राप्त गरेकी छन्।

प्रतियोगितामा संगीता राना मगर फर्स्ट रनरअप र शान्ति गुरुङ सेकेन्ड रनरअप बनेका छन्। शनिबार राजधानीको ज्यापु प्रज्ञा भवनमा सम्पन्न यो प्रतियोगिता मिसेस मंगोल श्रृंखलाको ११औँ संस्करण हो।

हिमायलयन मुभिज द्वारा आयोजित यस प्रतियोगिता मंगोलियन समुदायका विवाहित महिला माझ हुने राष्ट्रिय स्तरको सांस्कृतिक सौन्दर्य प्रतियोगिता हो। फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा प्रतियोगीहरुले व्यक्तित्व विकास, क्षमता अभिवृद्धि, स्टेज प्रेजेन्टेशन सँगै सांस्कृतिक मूल्य मान्यताको संरक्षण बारे तालिम लिएका थिए।

प्रतियोगीहरूले ओपनिङ डान्स, आफ्नो जातीय नृत्य तथा सांस्कृतिक परिधान प्रदर्शन गरेका थिए। उनीहरूको प्रस्तुतिमा आधुनिक परिवेश सँगै परम्परागत सौन्दर्यको फ्युजन देखाइएको थियो। कार्यक्रममा पप गायक धिरज राईको प्रस्तुतीले दर्शकलाई झुमाएको थियो भने अधिकांश दर्शक पनि सांस्कृतिक पोशाकमा उपस्थित हुँदा कार्यक्रमको आकर्षण अझ बढेको थियो।

विभिन्न शीर्षक जित्नेहरू यसप्रकार छन्: मोस्ट इन्टेलिजेन्ट – टिना आले कवर मगर , मोस्ट डाइनामिक – मौसमी गुरुङ , मोस्ट कन्फिडेन्ट – संगीता राना मगर , मोस्ट डेडीकेटेड – सरीता श्रेष्ठ , मोस्ट डिलीजेन्ट – अनिता राई ,मोस्ट स्मार्ट – लक्षिता गुरुङ , मोस्ट डिसेन्ट – सृजनादेवी श्रेष्ठ , मोस्ट एक्टिभ – भावना घले , मोस्ट ग्रेसफुल – प्रियतम सुब्बा , मोस्ट प्यासोनेट – शान्ति गुरुङ , मोस्ट डिलाइटफुल – सिता गुरुङ , बेस्ट ट्यालेन्ट – धनु लिम्बु ,बेस्ट फोटोजेनिक – सजिना तामाङ , बेस्ट ड्रेस – टिना आले कवर मगर , बेस्ट मल्टिमिडिया – मौसमी गुरुङ , मोस्ट पपुलर – सिता गुरुङ

निर्णायक मण्डलमा अभिनेता रमेश उप्रेती, कस्मेटोलोजिस्ट रेखा थापा मगर, मिसेस हिमालयन नेपाल–२०१४ अनिता गुरुङ, मिसेस मंगोल नेपाल–२०२२ सम्झना तामाङ र मिसेस ग्लोबल नेपाल–२०२५ इन्दिरा घिमिरे रहेका थिए।आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य मंगोलियन समुदायका लोपोन्मुख कला, संस्कृति, भेषभुषा र भाषाको संरक्षण गर्दै महिलाको प्रतिभा र क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नु रहेको छ।

  • 36shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

लाइफस्टाइल/सौन्दर्य

‘पोर्न हेर्छन्, हस्तमैथुन गर्छन्’, श्रीमतीको उजुरी लिएर अदालत पुगे श्रीमान, अदालतले के भन्यो जान्नु होस्

चैत्र १०, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend