काठमाडौं । हामी नेपाल का संयोजक तथा जेनजी अभियन्ता सुदन गुरुङले आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै संविधान खारेज सम्बन्धी आफ्नो धारणा सार्वजनिक गरेका छन्।
उनले संविधान खारेज गर्नु पर्ने जनताबाट धेरै माग आएको स्वीकार गरे पनि यस्तो ठूलो निर्णय आफू एक्लैले गर्न नसक्ने बताए। “धेरै जनताको माग छ तर म एक्लैले निर्णय गर्न सक्दिन। संविधान खारेज गर्ने कि नगर्ने भन्ने कुरा देशव्यापी छलफलको विषय हो,” गुरुङको भनाइ थियो।
लिम्पियाँधुरा नेपालको भूभाग भएको कुरा सबै नेपालीलाई थाहा भएको उल्लेख गर्दै उनले यही कारण संविधान खारेजको माग तत्काल अघि नबढाएको स्पष्ट पारे। “लिम्पियाँधुरा हाम्रो हो भन्ने कुरा प्रस्ट छ। त्यसैले संविधान खारेजको कदम तत्काल उठाउन सकिएन,” उनले भने।
गुरुङले काठमाडौं केन्द्रित सोचले मात्र राष्ट्रका विषयमा निर्णय गर्न नमिल्ने औंल्याउँदै सुदूरपश्चिम देखि पूर्व–पश्चिम सम्मका सम्पूर्ण क्षेत्रलाई ध्यानमा राख्नु पर्ने आवश्यकता जोड दिए। “संविधान खारेज गर्यौं भने हाम्रो लिम्पियाँधुरा गुम्छ भन्ने चिन्ताले गर्दा खारेज गरिएको होइन,” उनले स्पष्ट पार्दै भने, “देशलाई जोगाउनकै लागि संविधान खारेज नगरेको हो ।”




















आफ्नो प्रतिकृया दिनुहोस्