काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले अनियमितता र भ्रष्टाचार कायम रहिरहे अर्को ठूलो विद्रोह हुने र त्यसले कसैलाई नछोड्ने बताएका छन् ।
शुक्रबार नेपाल विद्युत प्राधिकरणले ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने उनको चेतावनी दिएका हुन् ।

‘मेरो र प्रधानमन्त्रीज्यूको पनि ठुलो इच्छा छ,नेपाललाई सुशासनको दिशामा अगाडि बढाउने र कसैले अनियमितता र भ्रष्टाचारको कुनै किसिमको गन्ध आयो भने तत्काल कारवाही गर्ने निर्देशन पनि छ,’उनले भने, ‘त्यसलाई हामीले हुबहु कार्यान्वयन गर्नु पर्छ । यसमा कसैलाई छुट छैन । यो विषयमा हामी चुक्यौ र कतै यस्तो क्रियाकलाप भयो भने वा गर्न सकेनौ भने यो देशमा अर्को ठुलो विद्रोह हुनेछ । त्यो विद्रोहले कसैलाई पनि छाड्ने छैन् ।’
उनले भने, ‘यो देशमा सुशासन कायम गर्ने लगायत देशमा भएका विभिन्न वेथितिहरुलाई अन्त्य गरेर देशलाई समृद्धि तिर बढाउन देशभित्र नै बसेर काम गर्ने वातावरण बनोस् भन्ने युवा पुस्ताको चाहना पुरा गर्ने गम्भीर रुपमा लाग्नु पर्नेछ ।’




















आफ्नो प्रतिकृया दिनुहोस्