काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा महानगरले आगलागी नियन्त्रण नगरेको भन्ने आरोपको स्पष्टिकरण दिएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आन्दोलन सुरु भएको दिन देखि २८ गते सम्म कुन कुन स्थानमा दमकल परिचालन गरी आगो निभाइएको थियो भन्ने सम्पूर्ण विवरण सार्वजनिक गरेका छन्। सिंहदरबारमा आगो लाग्दा “महानगरको दमकल कहाँ गयो?” वा “सिंहदरबार जलाउने नै बालेन शाह हुन्”भन्ने जस्ता प्रश्न र आरोप उठिरहेको भन्दै उनले ती आरोप प्रति आपत्ति जनाए।
उनका अनुसार प्रदर्शनकारीले अवरोध गरेकाले समयमा सिंहदरबारको आगो निभाउन दमकल पुग्न नसकेको हो। उनले आन्दोलनका क्रममा महानगरको दमकल ५५ भन्दा बढी पटक परिचालन भएको, स्वास्थ्यकर्मीको टोलीले घाइतेको उपचार देखि मृतकको लास व्यवस्थापन सम्म जिम्मेवारी निर्वाह गरेको तथ्यसमेत उल्लेख गरे।
मेयर शाहले दिन/रात नभनी महानगरको टोली खटिएको दाबी गर्दै आफू आरोपबाट नभाग्ने र जिम्मेवारी लिन तयार रहेको स्पष्ट पारेका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्