Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुर–ढल्केवर हाइवेमा शौचालय बनेको बाधक, सडक र सुचारु रेल्वे लाइनसँगै हुँदा दुर्घटनाको गम्भीर जोखिम , जिल्ला ट्राफिक कार्यालय धनुषाको ध्यानाकर्षण आवश्यक

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस ११, २०८२
In समाचार
0

११ पुष ,जनकपुरधाम : जनकपुर–ढल्केवर हाइवे सडक खण्ड अन्तर्गत जनकपुरधामको पिराडी चौक स्थित रेल्वे ट्रेकको छेउमै निर्माण गरिएको एक शौचालयले सडक सुरक्षामा गम्भीर चुनौती सिर्जना गरेको छ। दैनिक हजारौँ सवारी साधन आवत-जावत गर्ने मुख्य हाइवे, त्यस सँगै हाल पूर्ण रूपमा सुचारु अवस्थामा रहेको रेल्वे लाइन, र बीचमै अव्यवस्थित रूपमा रहेको शौचालयका कारण कुनै पनि समय ठूला दुर्घटना घट्न सक्ने अवस्था देखिएको छ।

स्थानीयवासीका अनुसार उक्त स्थान जनकपुरधाम प्रवेश गर्ने अत्यन्त व्यस्त बिन्दु हो, जहाँ बस, ट्रक, टिपर, निजी सवारी, मोटर साइकल तथा पैदल यात्रीको निरन्तर चाप रहन्छ। रेल आवत-जावत भइरहने स्थानमै सडकको छेउमा शौचालय हुँदा सवारी चालकले अचानक ब्रेक लगाउनु पर्ने, लेन परिवर्तन गर्नु पर्ने तथा ट्राफिक जामको स्थिति सिर्जना हुने गरेको छ।

यस्तो संवेदनशील क्षेत्रमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको जिल्ला ट्राफिक कार्यालय धनुषाले समेत यस विषयलाई गम्भीर रूपमा लिनु पर्ने स्थानीयको माग छ। ट्राफिक संकेत, चेतावनी बोर्ड, अस्थायी अवरोध हटाउने काम तथा जोखिम न्यूनीकरणका लागि तत्काल पहल आवश्यक देखिएको छ।

त्यसैगरी शौचालय वरिपरि फोहोर थुप्रिनु, सुँगुर तथा अन्य चौपाया खुला रूपमा बस्नुले हाइवे सडक र रेल्वे ट्रेक दुवै झनै जोखिमपूर्ण बनेका छन्। विशेष गरी रातको समय, कुहिरो लाग्दा तथा अत्यधिक ट्राफिक हुँदा मानवीय क्षति हुने सम्भावना उच्च रहेको छ।

स्थानीयले जनकपुरधाम उप–महानगरपालिका, सडक विभाग, जिल्ला ट्राफिक कार्यालय धनुषा तथा सम्बन्धित रेल्वे निकाय बीच समन्वय गरी तत्काल अनुगमन, शौचालयको स्थानान्तरण वा सुरक्षित व्यवस्थापन गर्न माग गरेका छन्। समयमै पहल नगरे सडक र रेल दुवै क्षेत्रमा ठूला दुर्घटना हुन सक्ने भन्दै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ।

  • 19shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend