१९ माघ,सर्लाही । सर्लाही जिल्लामा इतिहासमै पहिलो पटक आमाको नामबाट नागरिकता वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन र नागरिकता नियमावलीको चौथो संशोधनको प्रावधान बमोजिम उक्त नागरिकता प्रदान गरेको हो।

यस कानुनी व्यवस्था अनुसार, बाबु विदेशी र आमा नेपाली भएको अवस्थामा लालबन्दी नगरपालिका–७ का राम मनोहर गुप्ताले सोमबार अंगीकृत नागरिकता प्राप्त गरेका छन्।उनलाई प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले नागरिकता हस्तान्तरण गर्नु भएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार सर्लाहीमा आमाको नामबाट नागरिकता लिने गुप्ता पहिलो व्यक्ति हुन्।



















आफ्नो प्रतिकृया दिनुहोस्