Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेशमा बालेनको जनलहर, सर्लाही–रौतहट–वीरगन्जमा रोड शो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ २८, २०८२
In समाचार
0

२८ माघ ,जनकपुर/सर्लाही/रौतहट/वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले बुधबार मधेश प्रदेशका विभिन्न जिल्लामा व्यापक चुनावी दौडाहा गर्दै राजनीतिक माहोल तताएका छन् । संगठन विस्तार, कार्यकर्ता उत्साह बढाउने र जनअपेक्षा बुझ्ने उद्देश्य सहित उनले सर्लाही, रौतहट हुँदै वीरगन्ज सम्म ‘रोड शो’ गरेका हुन् ।

सर्लाहीबाट यात्रा प्रारम्भ

बालेन बिहान सर्लाही पुगेका थिए । सर्लाही–४ अन्तर्गत हुलाकी सडकखण्ड हुँदै गडहिया चौक, छतौना, खैर्वा बजार, बहुअर्वा, बैरिया, सिसौट बजार, मानपुर, पिपराभिता र हजरिया हुँदै बरहथवामा उनले रोड शो गरेका थिए ।
भ्रमणका क्रममा उनले स्थानीय कार्यकर्ता, पार्टी पदाधिकारी तथा सर्वसाधारण सँग संक्षिप्त भेटघाट गर्दै मधेशका विकास समस्या, बेरोजगारी र सुशासनका विषयमा जनमत बुझ्ने प्रयास गरेका थिए ।

रौतहटमा भव्य स्वागत

सर्लाही बाट रौतहट प्रवेश गर्दा बालेनलाई गरुडा र चन्द्रनिगाहपुर क्षेत्रमा पार्टी कार्यकर्ता तथा समर्थकहरूले फूलमाला, झण्डा र नारासहित स्वागत गरेका थिए । रोड शोका क्रममा उनले गाडीबाटै समर्थकहरूलाई हात हल्लाउँदै अभिवादन गरेका थिए भने पार्टीको चुनाव चिह्न घण्टी बजाउँदै उत्साह व्यक्त गरेका थिए ।चन्द्रनिगाहपुर क्षेत्रमा भएको भीडभाडका क्रममा एक समर्थकको सुनको सिक्री चोरी भएको गुनासो पनि आएको छ ।

निजगढ हुँदै वीरगन्ज प्रस्थान

रौतहटमा रोड शो समापन गरे पछि बालेन बाराको निजगढ पुगेका थिए । निर्धारित कार्यक्रम अनुसार निजगढबाट कलैया हुँदै साँझ वीरगन्ज प्रवेश गरेका हुन् ।

वीरगन्जमा जनसागर, युवाहरूको विशेष उपस्थिति

वीरगन्जमा बालेनको रोड शो वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित प्रतिमा चोकबाट सुरु भई भानु चोक, नगवा, इनर्वा, इदगाह चोक, छपकैया, वीर्ता, आदर्शनगर, माइस्थान हुँदै घण्टाघर चोकमा पुगेर समापन भएको थियो ।घण्टाघर क्षेत्रमा उनलाई स्वागत गर्न हजारौँको संख्यामा विशेषगरी युवा-युवतीहरू भेला भएका थिए । समर्थकहरूले ‘अबकी बार, बालेन सरकार’ र ‘जय घण्टी’ जस्ता नारा सहित उत्साहपूर्ण स्वागत गरेका थिए ।

पार्टी उम्मेदवारसँग संयुक्त प्रचार

रोड शोमा रास्वपा बाट पर्साका चारै निर्वाचन क्षेत्रका उम्मेदवार, पार्टीका नेताहरू र कार्यकर्ता सहभागी थिए । अन्तिम चरणमा यात्रा मुर्ली, पावरहाउस चोक र गण्डक चोक हुँदै जितपुर–सिमरा तर्फ प्रस्थान गरेको थियो ।

मधेशमा रास्वपाको राजनीतिक गतिविधि तीव्र

बालेन शाहको मधेश दौडाहाले रास्वपाको संगठन विस्तार र चुनावी रणनीति सक्रिय रूपमा अघि बढेको संकेत गरेको छ । स्थानीय स्तरमा उनको यात्राप्रति उल्लेख्य चासो र राजनीतिक चहलपहल बढेको देखिएको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend