Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन २९, २०८२
In समाचार
0

२९ फागुन,जनकपुरधाम। खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनलाई सहज बनाउन नेपाल आयल निगम लिमिटेडले आजदेखि ग्यास सिलिण्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ।

निगमले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार हालको परिस्थितिलाई ध्यानमा राख्दै अर्को निर्णय नभए सम्म प्रत्येक ग्यास सिलिण्डरमा ७.१ केजी एलपी ग्यास भरेर प्रति सिलिण्डर ९५५ रुपैयाँमा बिक्री–वितरण गरिने छ।

निगमका अनुसार माग अनुसार नियमित रूपमा ग्यास आयात र वितरण भइरहेको भए पनि पछिल्ला दुई–तीन महिना देखि काठमाडौं उपत्यकामा ग्यासको माग उल्लेखनीय रूपमा बढेको छ। यसैबीच मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा दबाब परेको बताइएको छ।

नेपाललाई ग्यास आपूर्ति गर्ने भारतमा समेत सर्वसाधारणलाई ग्यास प्राप्त गर्न कठिनाइ भएको समाचार सार्वजनिक भएपछि नेपालमा पनि आवश्यकता भन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको निगमले जनाएको छ।

निगमका प्रवक्ता मनोज ठाकुरले उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन असहयोग नगर्न अनुरोध गरेका छन्।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend