Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

इला होटल एण्ड रिसोर्टको CEO मा लक्ष्मण थापा नियुक्त

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ४, २०८२
In समाचार
0

४ चैत,काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृत (CEO) मा लक्ष्मण थापा नियुक्त भएका छन्। आइएमई हस्पिटालिटीको सञ्चालक समितिले चैत ५ गते देखि लागू हुनेगरी थापालाई उक्त जिम्मेवारी दिएको हो।

आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशक भन्दा बढी अनुभव बोकेका थापाले नेपाल सहित भानुआतु, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स र साउदी अरब जस्ता विभिन्न देशका प्रतिष्ठित होटल, रिसोर्ट तथा क्यासिनोमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।

आइएमई हस्पिटालिटीमा आवद्ध हुनुअघि उनी सिद्धार्थ हस्पिटालिटी समूहमा प्रमुख सञ्चालन अधिकृत (COO) का रूपमा कार्यरत थिए। त्यहाँ रहँदा उनले ३० भन्दा बढी होटल, रिसोर्ट, क्याफे र इभेन्ट भेन्यूहरूको सञ्चालन सफलतापूर्वक नेतृत्व गरेका थिए।

यस अघि थापाले काठमाडौंको होटल याक एण्ड यति, भानुआतुको इरिरिकी आइल्यान्ड रिसोर्ट एण्ड ज्वेल क्यासिनो, चितवनको सिजी हस्पिटालिटी र भैरहवाको टाइगर प्यालेस रिसोर्टमा पनि विभिन्न उच्च व्यवस्थापकीय भूमिकामा काम गरेका छन्। साथै, मेरिडियन दुबई, द वेस्टिन लाङकावी, सेराटन माल्दिभ्स, अलोफ्ट अबुधाबी र रोजवुड जेद्दाह जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूसँगको अनुभव समेत उनले हासिल गरेका छन्।

कम्पनीका अनुसार थापाको अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमताले सेवा गुणस्तर अभिवृद्धि तथा व्यवस्थापन सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।आइएमई हस्पिटालिटीले लाजिम्पाटस्थित होटल ले हिमालय, पोखराको लेकसाइड रिट्रिट, बागलुङ र गैँडाकोटस्थित होटल इला लगायत विभिन्न होटल तथा रिसोर्टहरूको व्यवस्थापन गर्दै आएको छ।

यो आइएमई ग्रुप अन्तर्गत आतिथ्य क्षेत्रको प्रमुख इकाइ हो।नियुक्ति पछि थापाले सेवा स्तर सुधार, सेवा संस्कृतिको विकास, होटल नेटवर्क विस्तार र दिगो तथा परिणाममुखी वृद्धिका लागि प्रतिबद्धतासहित काम गर्ने बताएका छन्।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend