Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

विश्व बैंकसँग ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सम्झौता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २, २०७७
In व्यापार
0

साउन २ गते ,काठमाडौँ ।

 नेपाल सरकार र विश्व बैङ्क बिच ४५ करोड अमेरिकी डलर (करिब रु.५४ अर्व) बराबरको आर्थिक सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त रकम यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधार लगायत सीमा पार व्यापारको दक्षतामा सुधार गर्ने र रणनीतिक सडक सञ्जाल व्यवस्थापन क्षमताको सुदृढीकरण गर्नेमा खर्च गरिने जनाइएको छ ।

यो आयोजनाको सम्झौता नेपाल सरकार र विश्व बैङ्कबिच हालसम्म भएको सबैभन्दा उच्च मूल्यको एकल आयोजना हो ।

अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा, नेपाल सरकारको तर्फबाट अर्थ सचिव श्री शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले यस सम्झौतामा आज हस्ताक्षर गर्नुभयो ।

आयोजनामा सहयोगका लागि विश्व बैङ्क समूहलाई धन्यवाद दिँदै अर्थमन्त्री डा.युवराज खतिवडाले आयोजनाले सीमा पार बजारलगायत सडक सञ्जालको विस्तार र राष्ट्रिय एकीकरणलाई बढावा दिदैं कोभिड–१९ पश्चताको आर्थिक पुनरुत्थानलाई सघाउने बताउनुभयो ।

नेपालको द्रुत र दिगो विकासको एजेन्डामा सडक सञ्जाल सम्पर्कको उच्च महत्त्व रहेको प्रसङ्ग उठाउनुहुँदै अर्थमन्त्री डा. खतिवडाले नेपालमा आर्थिक वृद्धि गर्न, राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाई तीव्रता दिन र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न दिगो यातायात तथा दिगो, समावेशी र उच्च-गुणस्तरीय पूर्वाधारहरूको महत्त्व सर्वव्यापी रहेको जानकारी गराउनुभयो ।

अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानाले यस आयोजनाले मुख्य यातायात मार्ग र सीमा पार बिन्दुहरूमार्फत सामानहरू ढुवानी गर्ने समय र लागत घटाउनुका साथै विशेषगरि कोभिड-१९ पश्चताको अवस्थामा आर्थिक वृद्धिलाई द्रुत तथा दिगो बनाउनमा आयोजना केन्द्रित रहने बताउनुभयो ।

सुरक्षा तथा जलवायु अनुकूलन देखि सडक व्यवस्थापन जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा नागरिक सहितको सहभागितामा यस आयोजनामार्फत असल अभ्यासहरूको सुरुवात गर्न तयार रहेको र सङ्घ, प्रदेश तथा स्थानीय तहमा समेत यी असल अभ्यासहरूलाई अवलम्बन गर्न तयार रहेको सचिव ढुङ्गानाले जानकारी दिनुभयो ।

कोभिड–१९ सङ्कटका असरका कारण नेपाल सरकारले पहिलेको भन्दा उच्च र दिगो पुनर्निर्माण गर्न उद्धार, पुनर्लाभ र उत्थानशीलता’को रणनीति अपनाएको जनाउँदै सचिव ढुङ्गानाले आर्थिक सम्भाव्यता र व्यापार सहजीकरणलाइ बढावा दिन यस आयोजनाले आर्थिक पुनरुत्थान र उत्थानशीलतालाइ तिव्रता दिने विश्वास व्यक्त गर्नुभयो ।

यस रणनीतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजनाले भारत लगायतका छिमेकी राष्ट्रहरूसँग सम्पर्क सञ्जाल तथा व्यापार वृद्धि गर्न सघाउनेछ । यसले नागढुंगा-नौबिसे-मुग्लिंग खण्डलाई सुधार गर्नुका साथै कमला-ढल्केबर-पथलैया सडकको स्तरोन्नति गर्दै चार लेनको बनाउनेछ ।

विद्यमान व्यापारिक सेवालाई सहज बनाउनुका साथै कृषिजन्य निर्यातलाई प्रवर्द्धन गर्नका लागि यस आयोजनाले सीमा नाकाहरूमा पूर्वाधार, सेवा सुविधा तथा सरसफाइमा सुधार गर्नेछ । [ साभार : रेडियो नेपाल ]

  • 35shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट

फाल्गुन १, २०८२
व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend