Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मन्त्रालयको नेतृत्व लिए देखि नै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमान स्थल लाई पहिलो प्राथमिकतामा राखेको थिएँ : मन्त्री पाण्डे

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २४, २०८१
In समाचार
0

२४ कार्तिक,काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डे गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमान स्थल संचालनमा सहयोग गर्नेहरु प्रति धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा शुक्रबार र शनिबार गरी चारवटा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुले उडान सम्पन्न हुन लागेको अवसरमा मन्त्री पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै आफूले मन्त्री पदको जिम्मेवारी समाले सँगै भैरहवा र पोखरा विमान स्थल संञ्चालनका लागि पहिलो प्राथमिकता राखेको कुरा प्रष्ट पारेका हुन् ।

मन्त्री पाण्डेले भने, ‘वर्तमान प्रधान मन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन र मैले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै हामीले यी दुई विमान स्थल सञ्चालन लाई पहिलो प्राथमिकतमा राखेर सरोकार वाला मन्त्रालयका प्रतिनिधि सहितको सुझाव समिति गठन गरी सोही समितिको सुझावका आधारमा इन्धन मूल्य कम गर्ने तथा कर लगायतका विषयमा छुट दिने निर्णय गर्यौं । त्यसैको परिणाम स्वरुप अहिलेको उडान संभव भएको हो । ’

उनले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘पोखरा अन्तर्राष्ट्रिय विमान स्थलमा पनि यसै हप्ता अन्तर्राष्ट्रिय चार्डड उडान भएको छ र सो विमान स्थलमा पनि थप उडानका लागि प्रयासहरु भई रहेका छन् । ’

विज्ञप्तिमा मन्त्री पाण्डेले ठूलो पूँजी  लागानी गरेका विमान स्थल पूर्ण रुपमा संञ्चाल हुन त्यस सँग जोडिएका यातायात होटल तथा अध्यागमन श्रम लगायतका अन्तर सम्बन्धित (इन्टर लिङ्क) पूर्वाधारहरुको विकास हुनु आवश्यक हुने बताए ।

मन्त्री पाण्डेले भने, ‘राज्यको लगानीमा निर्माण भएको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमान स्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको दुई वर्ष सम्म पनि जजिरा एयर हवाई कम्पनीले केही समयका लागि गरेको उडान बाहेक कुनै पनि अन्तर्राष्ट्रिय हवाई उडान नभर्दा स्थानीय व्यबसायी लगायत आम सर्व सधारणमा निराशाको वातावरण बनेको थियो । ’

मन्त्री पाण्डेले  सामान्य वा ठूलो लागनीका व्यबसाय वा उद्योग वा विकास पूर्वाधार स्थापना भएको भोलिपल्ट बाटै नाफामा वा ‘ब्रेक इभन’मा जाँदैनन् र केही समय त्यसका लागि कुर्नु पर्छ भन्ने कुरा हामी सबैलाई स्मरण गराउँदै अन्तर्राष्ट्रिय विमान स्थल जस्तो वृहत विकास परियोजना त्यसमा पनि हाम्रो जस्तो भौगोलिक तथा भूराजनीतिक जटिलता भएको देशमा तत्कालै पूर्ण क्षमता सञ्चालनमा आउने कुरा संभव नभएको उल्लेख गरे । 

  • 23shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend