Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भोटेकोशी बाढी पछि पुन:स्थापना तर्फ सरकार अग्रसर: १ अर्ब निकासा, अन्तर्राष्ट्रिय सहयोग जारी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १६, २०८३
In विशेष खबर
0

१६ भदौ, कृष्ण चतुर्थी,काठमाडौँ।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पछि खोज, उद्धार र राहतको काम सम्पन्न गर्दै सरकार अहिले पुन:स्थापना तर्फ अग्रसर भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल मार्फत देशवासीका नाममा सन्देश जारी गर्दै विपद्को घडीमा धैर्य र सहयोग देखाउने सम्पूर्ण नागरिक, सुरक्षाकर्मी, जन प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदाय प्रति आभार व्यक्त गर्नु भएको छ।

प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रको पुनःस्थापना, राहत, पूर्वाधार निर्माण र सम्भावित स्वास्थ्य जोखिम नियन्त्रणका लागि सरकारले युद्धस्तरमा काम गरिरहेको छ।

१ अर्ब रुपैयाँ निकासा र आर्थिक सहयोग
बाढी प्रभावित क्षेत्रका लागि नेपाल सरकारले १ अर्ब रुपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत ३ जिल्लाका १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ।

प्रधानमन्त्री राहत कोषमा स्वदेश तथा विदेश बाट गरी हाल सम्म ६ अर्ब ३६ करोड ६५ लाख रुपैयाँभन्दा बढी जम्मा भएको छ भने १ अर्ब निकासा पछि कोषमा ५ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ मौज्दात रहेको छ। यसैगरी बैंक खाताहरूमा ६१ लाख ११ हजार अमेरिकी डलर भन्दा बढी रकम प्राप्त भइसकेको छ।

उद्धार, राहत र आश्रयको स्थिति
हाल सम्म बाढी प्रभावित क्षेत्रबाट ११,८८४ जनाको उद्धार गरिएको छ भने ३,९१६ जना अझै सम्पर्क विहीन रहेका छन्। घाइते भएका २९२ जना मध्ये १८२ जना उपचार पछि डिस्चार्ज भइसकेका छन्।नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका विभिन्न होल्डिङ सेन्टरहरूमा हजारौँ नागरिकले आश्रय लिइरहेका छन्। नुवाकोटका १९ वटा अस्थायी आश्रय स्थलमा मात्रै २,६५३ जना लाई राहत उपलब्ध गराइएको छ।

यातायात र पूर्वाधारको मर्मत तीव्र
बाढीका कारण गल्छी–वेत्रावती–रसुवागढी सडक र पृथ्वी राजमार्गका विभिन्न खण्डका साथै ४८ वटा झोलुंगे पुल र ३१ वटा मोटरेबल पुलमा क्षति पुगेको छ।

पृथ्वी राजमार्गका लेदो हटाई यातायात पुन: सञ्चालन गरिएको छ।

क्षतिग्रस्त मुग्लिन–नारायणगढ सडकको कृष्णभीर खण्ड भदौ महिना भित्रै सञ्चालनमा ल्याइने छ।

३ ठाउँमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भइसकेको छ भने अन्य २० स्थानमा सम्भाव्यता अध्ययन भइरहेको छ।

स्वास्थ्य सतर्कता र महामारी रोकथाम
प्रभावित क्षेत्रमा सम्भावित महामारी फैलिन नदिन ‘विपद्–पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना’ लागू गरिएको छ। नेपाली सेनाले कीटाणुशोधन अभियान र स्वास्थ्य सचेतना माइकिङ गरिरहेको छ। मनोरोग र मानसिक तनाव कम गर्न मनोपरामर्श टोली तथा एम्बुलेन्सहरू तैनाथ गरिएका छन्।

वैज्ञानिक विधिबाट शव व्यवस्थापन र डि.एन.ए. परीक्षण
बाढीमा परी हाल सम्म १,०५० जनाको शव फेला परेको छ। पहिचान नभएका शवहरूलाई ‘बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०८३’ बमोजिम डिएनए नमुना सुरक्षित राखी वैज्ञानिक प्रक्रियाबाट व्यवस्थापन गरिएको छ। आफन्त हराएका नागरिकले नेपाल प्रहरी अस्पताल वा जिल्ला प्रहरी कार्यालयमा डिएनए नमुना दिन सक्नेछन्। विदेशमा रहेका आफन्तका लागि प्रहरीको इमेल (dnacodis@nepalpolice.gov.np) मार्फत डिएनए सफ्टकपी पठाउने व्यवस्था गरिएको छ।

अन्तर्राष्ट्रिय सहयोग र सहायता
विपद्को यो घडीमा मित्रराष्ट्रहरूबाट उल्लेख्य सहयोग प्राप्त भइरहेको छ:

भारत: ६८.५ टन राहत सामग्री, ११ सदस्यीय उद्धार टोली र रेफ्रिजेरेटेड कन्टेनर।

चीन: ३० करोड रुपैयाँ आर्थिक सहयोग, ५० टन राहत सामग्री, उद्धार टोली तथा ३० वटा बेलिब्रिजको सहयोग प्रक्रिया।

अन्य देशहरू: पाकिस्तान (८६ टन राहत), युएई (१० मिलियन डलर प्रतिबद्धता र ८३ टन सामग्री), श्रीलंका (१० लाख डलर), अमेरिका (५ लाख डलर), अस्ट्रेलिया (१ मिलियन डलर), र स्विट्जरल्यान्ड (१ मिलियन स्विस फ्र्याङ्क)।

अन्तर्राष्ट्रिय वित्तीय संस्था: एसियाली विकास बैंक (एडीबी) बाट ५.१५ मिलियन डलर र विश्व बैंकबाट १६७ मिलियन डलर सहुलियतपूर्ण कर्जाको प्रतिबद्धता प्राप्त भएको छ।

जलवायु परिवर्तनको गम्भीर असर
प्रधानमन्त्री बालेन शाहले विज्ञहरूसँगको छलफल उद्धृत गर्दै भोटेकोशीको विनाशकारी बाढी हिमाली क्षेत्रमा हिउँ–चट्टान (हिमपहिरो) खसेर सिर्जित भएको बताउनुभयो। हिमाली क्षेत्रमा तापक्रम १.८ डिग्री सेल्सियस सम्म वृद्धि हुनुले जलवायु परिवर्तनको गम्भीर असर देखाएको र यस विषयलाई नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा बलियो गरी उठाउने उहाँले स्पष्ट पार्नु भयो।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३
विशेष खबर

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३
विशेष खबर

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३
विशेष खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३
विशेष खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३
विशेष खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

भोटेकोशी बाढी पछि पुन:स्थापना तर्फ सरकार अग्रसर: १ अर्ब निकासा, अन्तर्राष्ट्रिय सहयोग जारी

भदौ १६, २०८३

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend