Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बृहत्तर जनकपुर क्षेत्रको विकास कार्यक्रम उपमहानगरलाई हस्तान्तरण, सम्पदा संरक्षण र पर्यटन पूर्वाधारमा खर्च गर्नु पर्ने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर १३, २०८३
In स्थानीय
0

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन पूर्वाधार विकास सम्बन्धी कार्यक्रम सरकारले जनकपुरधाम उपमहानगरपालिका लाई हस्तान्तरण गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘बृहत्तर जनकपुर क्षेत्र पूर्वाधार तथा सांस्कृतिक केन्द्र विकास सम्बन्धी कार्यक्रम हस्तान्तरण तथा कार्यान्वयन कार्यविधि, २०८३’ स्वीकृत गर्दै कार्यक्रम कार्यान्वयनको जिम्मेवारी स्थानीय तहलाई दिएको हो।

मन्त्रालयले मंसिर १२ गते सार्वजनिक गरेको कार्यविधि अनुसार चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम तथा बजेटमा विनियोजन भएको रकम समेत उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ। यस सँगै जनकपुर क्षेत्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने जिम्मेवारी स्थानीय सरकारको प्रत्यक्ष कार्यान्वयनमा आउने भएको छ।

कार्यक्रमको मुख्य उद्देश्य जनकपुर क्षेत्रलाई व्यवस्थित धार्मिक तथा सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्नु हो। यस अन्तर्गत मैथिली भाषा, साहित्य, कला, लोकसंस्कृति, जात्रा तथा पर्वको संरक्षण र प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखिएको छ। साथै धार्मिक तथा सांस्कृतिक पर्यटन सँग सम्बन्धित आवश्यक पूर्वाधार निर्माणमा सहयोग पुर्‍याउने लक्ष्य छ।

कार्यविधिले हस्तान्तरण हुने रकम खर्च गर्ने क्षेत्र समेत स्पष्ट पारेको छ। धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण, मर्मत सम्भार र प्रवर्द्धन, पर्यटन सूचना तथा प्रचारप्रसार सामग्री प्रकाशन, सांस्कृतिक तथा पर्यटन सूचना केन्द्र निर्माण र सञ्चालन जस्ता काममा उक्त रकम उपयोग गर्नु पर्नेछ।

त्यस्तै जनकपुरधाम आउने भक्तजन तथा पर्यटकको सुविधालाई ध्यानमा राख्दै व्यवस्थित शौचालय, विश्रामस्थल र स्वच्छ खानेपानी लगायतका आधारभूत पूर्वाधार निर्माणमा समेत बजेट खर्च गर्न सकिने व्यवस्था गरिएको छ। यसले धार्मिक पर्यटनका लागि आउने आगन्तुकको सुविधासँगै स्थानीय सांस्कृतिक पहिचानको प्रवर्द्धनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तर, हस्तान्तरण भएको रकम खर्च गर्ने अधिकारसँगै उपमहानगरपालिका माथि निश्चित वित्तीय अनुशासन र जवाफदेहिताको दायित्व पनि तोकिएको छ। कार्यविधि अनुसार जुन कार्यक्रम र उद्देश्यका लागि अनुदान उपलब्ध गराइएको हो, त्यही प्रयोजनमा मात्र रकम खर्च गर्नु पर्नेछ। अन्य कार्यक्रम वा शीर्षकमा रकमान्तर तथा स्रोतान्तरण गर्न पाइने छैन।

यसरी प्राप्त रकमबाट कर्मचारीको तलबभत्ता, परामर्श सेवा, सवारीसाधन खरिद तथा कार्यालय सञ्चालन जस्ता प्रशासनिक र चालु खर्च गर्न समेत रोक लगाइएको छ। कार्यक्रम सम्पन्न भए पछि तीन महिना भित्र प्रगति विवरण र खर्चको विवरण सहित मन्त्रालयमा प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था पनि कार्यविधिमा छ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन, २०५५ ले समेत जनकपुर र माध्यमिकी (पञ्चकोशी) परिक्रमा क्षेत्रभित्रका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिर, सरोवर र स्थलको संरक्षण, सम्भार तथा विकास गर्ने उद्देश्य राखेको छ। नयाँ कार्यविधिले त्यही व्यापक उद्देश्यसँग सम्बन्धित विकास कार्यक्रमलाई स्थानीय तहबाट कार्यान्वयन गर्ने आधार तयार गरेको देखिन्छ।

जनकपुरधाममा जानकी मन्दिर, राम मन्दिर, गंगासागर, धनुषसागर, अरगज्जा सर लगायतका धार्मिक तथा सांस्कृतिक महत्व बोकेका सम्पदा सँगै मिथिला कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनको आवश्यकता रहँदै आएको छ। यस्तो अवस्थामा कार्यक्रम उपमहानगरपालिकालाई हस्तान्तरण हुनु अवसरसँगै चुनौती पनि हो।

अब मुख्य चासो सरकारले विनियोजन गरेको बजेट कति रकम हो, त्यसबाट कुन-कुन योजना छनोट हुन्छन् र ती योजना कहिले देखि कार्यान्वयनमा जान्छन् भन्नेमा रहने छ। उपमहानगरपालिकाले पारदर्शी योजना छनोट, स्थानीय सरोकारवालाको सहभागिता र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सके यस कार्यक्रमबाट जनकपुरधामको धार्मिक तथा सांस्कृतिक पर्यटन विकासमा प्रत्यक्ष योगदान पुग्न सक्छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

अयोध्या–जनकपुर रेल सेवा आज देखि नियमित सञ्चालन, पहिलो दिन ५०० यात्रुले गरे यात्रा

मंसिर १२, २०८३
स्थानीय

अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस’, एक हजार भन्दा बढी तीर्थयात्रीको भव्य स्वागत

मंसिर ८, २०८३
स्थानीय

विवाह पञ्चमी २०८३ को तयारी तीव्र, तीनै तहका सरकारको सहयोग अपेक्षा

मंसिर ६, २०८३
स्थानीय

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा मटिहानी नगरपालिका लगातार तेस्रो वर्ष जिल्लामा दोस्रो

कार्तिक १७, २०८३
स्थानीय

दुई कार्यकालमा मटिहानीको विकास र सामाजिक सेवामा हरिप्रसाद मण्डलको सक्रिय नेतृत्व

कार्तिक १४, २०८३
स्थानीय

लामखुट्टेको आतंकले थलिएको जनकपुर: बजेट पारदर्शी बनाउन माग

कार्तिक १३, २०८३

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्रको विकास कार्यक्रम उपमहानगरलाई हस्तान्तरण, सम्पदा संरक्षण र पर्यटन पूर्वाधारमा खर्च गर्नु पर्ने

मंसिर १३, २०८३

प्रेस स्वतन्त्रताको पक्षमा धनुषामा पत्रकार महासंघको एक घण्टे धर्ना, कांग्रेस, एमाले र जनमत पार्टीको ऐक्यबद्धता

मंसिर १३, २०८३

अयोध्या–जनकपुर रेल सेवा आज देखि नियमित सञ्चालन, पहिलो दिन ५०० यात्रुले गरे यात्रा

मंसिर १२, २०८३

इन्धनमा परनिर्भर नेपाल : संकट आउनु अघि विकल्प खोज्ने कि पछि पछुताउने?

मंसिर १०, २०८३

युरोपेली संघ चलचित्र महोत्सवको १५औँ संस्करण जनकपुरधाममा हुँदै, मंसिर १२ र १३ गते अन्तर्राष्ट्रिय चलचित्रको प्रदर्शनी

मंसिर १०, २०८३

जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मंसिर ९, २०८३

भारतको २४ हजार करोडको विकास सहायता नेपाल लाई, पुनर्निर्माण देखि ऊर्जा क्षेत्र सम्म नयाँ सम्भावना; ऋण र अनुदानको उपयोग कसरी होला?

मंसिर ८, २०८३

अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस’, एक हजार भन्दा बढी तीर्थयात्रीको भव्य स्वागत

मंसिर ८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend