Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा मटिहानी नगरपालिका लगातार तेस्रो वर्ष जिल्लामा दोस्रो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १७, २०८३
In स्थानीय
0

महोत्तरी । महोत्तरी जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षामा मटिहानी नगरपालिका दोस्रो स्थान हासिल गर्न सफल भएको छ। स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै आएको नगरपालिकाले लगातार तेस्रो वर्ष जिल्लामा दोस्रो स्थान कायम गरेको हो।

स्वास्थ्य कार्यालय महोत्तरी, जलेश्वरद्वारा २०८३ साल कात्तिक १२ र १३ गते आयोजित वार्षिक समीक्षामा मनराशिसवा नगरपालिकाले ७८.५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ भने मटिहानी नगरपालिकाले ७८.२ अंक प्राप्त गरी दोस्रो स्थानमा रहन सफल भएको हो।

वार्षिक समीक्षामा जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालित खोप, पोषण, परिवार नियोजन, मातृ तथा नवजात शिशु स्वास्थ्यलगायतका कार्यक्रमहरूको कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरी अंक प्रदान गरिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।

स्वास्थ्य क्षेत्रमा निरन्तर उत्कृष्ट कार्यसम्पादन गर्दै दोस्रो स्थान हासिल गरेको मटिहानी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत पवन कुमार मण्डललाई कार्यक्रममा टीका, माला तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

मटिहानी नगरपालिकामा हाल ४ वटा स्वास्थ्य चौकी, ५ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, २ वटा प्रसूति गृह (Birthing Center) र २ वटा प्रयोगशाला सञ्चालनमा रहेका छन्। नगरपालिकाले स्वास्थ्य संस्थाहरूको विस्तारसँगै आवश्यक जनशक्ति, औषधि तथा उपकरणको व्यवस्थापन गरी नागरिकलाई निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

नगर प्रमुख हरि प्रसाद मण्डलका अनुसार स्थानीय सरकार स्थापना भएपछि नगरपालिकाले ५ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, २ वटा प्रसूति गृह र २ वटा प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याएको हो। स्वास्थ्य सेवाको पहुँच विस्तार तथा गुणस्तरीय सेवा प्रवाहका लागि नगरपालिकाले निरन्तर काम गर्दै आएको उहाँले बताउनुभयो।

यसैबीच, वार्षिक समीक्षामा दोस्रो स्थान हासिल गरेको अवसरमा मटिहानी नगर कार्यपालिकाको कार्यालय, धिरापुरमा आयोजित कार्यक्रममा नगर प्रमुख हरि प्रसाद मण्डलले स्वास्थ्य शाखा तथा नगरपालिकाअन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाका प्रमुखहरूलाई धन्यवाद दिँदै सम्मान गर्नुभएको छ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धि स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनत, समर्पण र स्थानीय सरकारको सहयोगको परिणाम भएको उल्लेख गर्दै नगर प्रमुख मण्डलले आगामी दिनमा पनि स्वास्थ्य सेवाको गुणस्तर र पहुँचलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

दुई कार्यकालमा मटिहानीको विकास र सामाजिक सेवामा हरिप्रसाद मण्डलको सक्रिय नेतृत्व

कार्तिक १४, २०८३
स्थानीय

लामखुट्टेको आतंकले थलिएको जनकपुर: बजेट पारदर्शी बनाउन माग

कार्तिक १३, २०८३
स्थानीय

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३
स्थानीय

ज्ञानकूपको ६ करोड : गुठीको फाइलमा अड्कियो भवन, मेयरको चासोपछि तात्यो विवाद

अशोज १४, २०८३
स्थानीय

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३
स्थानीय

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोजकुमार केसी बने नयाँ प्रहरी प्रमुख

कार्तिक १८, २०८३

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा मटिहानी नगरपालिका लगातार तेस्रो वर्ष जिल्लामा दोस्रो

कार्तिक १७, २०८३

सगरमाथा क्षेत्रमा दुई हेलिकप्टर आकाशमै ठोक्किए, भारतीय पर्यटकको मृत्यु, तीन जना घाइते

कार्तिक १७, २०८३

पूर्व-प्रधानमन्त्री माधव नेपाल सहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७३ करोड ४९ लाख बिगो दाबी

कार्तिक १७, २०८३

अन्तिम ओभरमा जनकपुर बोल्ट्सको हार, विराटनगर किंग्ससँग २ रनले पराजित

कार्तिक १७, २०८३

बाराको अस्पताल उद्घाटनमा गोली चल्यो, राजनीतिक विवादको मूल्य नागरिकले चुकाउनुपर्‍यो

कार्तिक १६, २०८३

बालेनको चेतावनीपछि गगनको जवाफ– ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’

कार्तिक १६, २०८३

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुलाउने बाटोमा सर्वोच्च, तीन महिनाभित्र नियम बनाउन सरकारलाई आदेश

कार्तिक १६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend