Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सगरमाथा क्षेत्रमा दुई हेलिकप्टर आकाशमै ठोक्किए, भारतीय पर्यटकको मृत्यु, तीन जना घाइते

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १७, २०८३
In घटना /दुर्घटना
0

फेरिचेमा अवतरण गर्ने क्रममा फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकप्टर दुर्घटनामा, दुवै विमानका पाइलटसहित यात्रु घाइते

जनकपुर । नेपालको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रमा मंगलबार बिहान दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकप्टर आपसमा ठोक्किएका हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण तथा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दुर्घटना बिहान करिब ८ बजेर ११ मिनेटमा भएको हो। दुवै हेलिकप्टर अवतरणको तयारीमा रहेका बेला तिनका रोटर (पङ्खा) आपसमा ठोक्किएपछि दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

दुर्घटनामा मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यअन्तर्गत चेन्नई निवासी ४७ वर्षीय वसन्त कुमार बालारामुडु रहेका छन्। उनी फिस्टेल एयरको हेलिकप्टरमा सवार थिए। दुर्घटनामा न्युजिल्यान्डका भारतीय मूलका नागरिक शैलेश कृष्ण पटेल घाइते भएका छन्।

त्यस्तै, दुवै हेलिकप्टरका पाइलट रवीन्द्र प्रधान र प्रज्ज्वल केसी पनि घाइते भएका छन्। घाइतेमध्ये पटेल र फिस्टेल एयरका पाइलट प्रधानलाई उद्धार गरी काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल पुर्‍याइएको छ भने एयर डाइनेस्टीका पाइलट केसीलाई लुक्ला स्थित अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

लुक्ला र गोरक्षेपबाट आएका थिए हेलिकप्टर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार एयर डाइनेस्टीको ९एन–एओडी दर्ता नम्बरको हेलिकप्टर लुक्लाबाट कार्गो लिएर फेरिचे तर्फ गएको थियो। फिस्टेल एयरको ९एन–एजेआर दर्ता नम्बरको हेलिकप्टर भने गोरक्षेप बाट दुई विदेशी यात्रु लिएर फेरिचे पुगेको थियो।

सगरमाथा आधार शिविरतर्फ जाने पर्यटक तथा पदयात्रीका लागि फेरिचे महत्त्वपूर्ण विश्रामस्थल र हेलिकप्टर अवतरण केन्द्रका रूपमा परिचित छ। करिब ४ हजार ३७१ मिटर उचाइमा रहेको यस क्षेत्रमा पर्यटकको उद्धार, आवतजावत तथा उच्च हिमाली क्षेत्रमा सञ्चालन हुने उडानका लागि हेलिकप्टरको प्रयोग हुँदै आएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले प्रारम्भिक अनुसन्धानमा पाइलटहरू बीच सञ्चार समन्वयमा समस्या अर्थात् मिसकम्युनिकेसन भएको हुन सक्ने संकेत देखिएको बताएका छन्। घटनाको वास्तविक कारण पत्ता लगाउन घाइते पाइलटहरूको बयान लिने तथा अन्य प्राविधिक पक्षको अनुसन्धान भइरहेको छ।

प्रारम्भिक विवरणअनुसार उक्त क्षेत्र लुक्ला विमानस्थलको हवाई ट्राफिक नियन्त्रण टावरको सञ्चार पहुँचबाहिर पर्ने भएकाले पाइलटहरूबीच आपसी सञ्चार र समन्वयको विषय पनि अनुसन्धानको दायरामा राखिएको छ।

सगरमाथा क्षेत्रमा पर्यटकको चाप बढेसँगै हेलिकप्टर उडानसमेत बढिरहेको अवस्थामा भएको यस दुर्घटनाले उच्च हिमाली क्षेत्रमा हवाई सुरक्षा, उडान व्यवस्थापन र हेलिप्याड सञ्चालनको सुरक्षामाथि पुनः ध्यानाकर्षण गराएको छ।

घटनाबारे विस्तृत अनुसन्धान पछि मात्रै दुर्घटनाको वास्तविक कारण र जिम्मेवारीबारे निष्कर्ष आउने प्राधिकरणले जनाएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

घटना /दुर्घटना

हेलिकप्टर दुर्घटना अपडेट : घाइते काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत

चैत्र ४, २०८२
घटना /दुर्घटना

गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

फाल्गुन ८, २०८२
घटना /दुर्घटना

सर्लाहीको लालबन्दीमा लघुवित्तका कर्मचारी माथि छुरा प्रहार गरेर लुटपाट

माघ २३, २०८२
घटना /दुर्घटना

मोरङको रंगेलीमा पारिवारिक विवादको बीभत्स रूप: श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

माघ २०, २०८२
घटना /दुर्घटना

६ दिन पछि भेटियो टिकटक भिडियो खिच्ने क्रममा खोलामा बेपत्ता युवकको शव

अशोज २४, २०८२
घटना /दुर्घटना

१५ वर्षिय बालक अपहरणको आशंका, ५ करोड फिरौती माग

अशोज ६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोजकुमार केसी बने नयाँ प्रहरी प्रमुख

कार्तिक १८, २०८३

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा मटिहानी नगरपालिका लगातार तेस्रो वर्ष जिल्लामा दोस्रो

कार्तिक १७, २०८३

सगरमाथा क्षेत्रमा दुई हेलिकप्टर आकाशमै ठोक्किए, भारतीय पर्यटकको मृत्यु, तीन जना घाइते

कार्तिक १७, २०८३

पूर्व-प्रधानमन्त्री माधव नेपाल सहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७३ करोड ४९ लाख बिगो दाबी

कार्तिक १७, २०८३

अन्तिम ओभरमा जनकपुर बोल्ट्सको हार, विराटनगर किंग्ससँग २ रनले पराजित

कार्तिक १७, २०८३

बाराको अस्पताल उद्घाटनमा गोली चल्यो, राजनीतिक विवादको मूल्य नागरिकले चुकाउनुपर्‍यो

कार्तिक १६, २०८३

बालेनको चेतावनीपछि गगनको जवाफ– ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’

कार्तिक १६, २०८३

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुलाउने बाटोमा सर्वोच्च, तीन महिनाभित्र नियम बनाउन सरकारलाई आदेश

कार्तिक १६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend